आइतबार, साउन ३१, २०८३

थारु राष्ट्रिय साहित्य सम्मेलन सम्पन्‍न

थारू मातृ भाषामा पठनपाठन कार्यान्वयनका लागि थारूबाहुल्य पालिकामा विद्यालयमा पठनपाठनका लागि सहकार्य गर्ने, थारू लोक साहित्य तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनसँगै दस्तावेजीकरणका लागि कार्य अगाडि बढाउने घोषणापत्र उल्लेख छ।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

कञ्चनपुर- थारू भाषा, साहित्य, संस्कृतिको विकासका लागि थारु साहित्यिक संघसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादक एकजुट भइ सहकार्य गर्ने प्रतिवद्धता सहित छैटौँ थारू राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न भएको छ। कृष्णपुर नगरपालिका–५ सिंहपुरमा आयोजित सो सम्मेलन १० बुँदे घोषणापत्र जारी गरेको छ।

थारू मातृ भाषामा पठनपाठन कार्यान्वयनका लागि थारूबाहुल्य पालिकामा विद्यालयमा पठनपाठनका लागि सहकार्य गर्ने, थारू लोक साहित्य तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनसँगै दस्तावेजीकरणका लागि कार्य अगाडि बढाउने घोषणापत्र उल्लेख छ। घोषणापत्रमा भनिएको छ, ‘थारू समुदायका विषयवस्तु उठानका साथै आख्यान विधाका स्रष्टालाई आकर्षित गर्ने खालका कार्यक्रम सञ्चालन गरिने छन्।’

थारू लेखक संघ नेपालद्वारा स्थापित थारू भाषा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिने स्रष्टालाई सम्मान र पुरस्कारका लागि अक्षयकोष रकम बढाउने सम्मेलनले निर्णय गरेको छ। थारू भाषाको विकासका लागि आफ्नो भाषा बोल्ने, लेख्ने र छाप्ने, छपाउने काममा आएको तीव्रतालाई निरन्तरता दिने र सिर्जनशील लेखनलाई प्रोत्साहन गरिने सम्मेलनबाट निर्णय पारित भएको छ।

सम्मेलन आयोजक समितिका सहसंयोजक वीरबहादुर राजवंशीले थरुहट क्षेत्रका प्रत्येक पालिकालाई थारू भाषा, साहित्य र संस्कृतिको संरक्षण, विकासका लागि बजेट विनियोजन गर्न लगाउनका लागि दबाब सिर्जना गरिने निर्णय समेत सम्मेलनले गरेको छ। उनका अनुसार साहित्य सम्मेलनको स्मारिका प्रकाशित गर्ने घोषणापत्रमा जनाइएको छ। आगामी सातौँ राष्ट्रिय थारू साहित्य सम्मेलन बाँके जिल्लामा गर्ने निर्णयसमेत गरिएको छ।

थारू लेखक संघ नेपाल, थारू कल्याणकारिणी सभा, गोचाली परिवार, सिंहपुर युवाक्लबको आयोजनामा यही फागुन १२ देखि १४ गतेसम्म सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा थारू बुद्धिजिवी, साहित्यकार, कवि, लेखक, संस्कृतविद्को जमघट थियो।   रासस

प्रकाशित: Feb 27, 2022| 10:51 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।