शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जग्गा बेचेको पैसा नदिएको भन्दै छोराद्वारा आमाको हत्या

जग्गा बेचेको पैसा नदिएको भन्दै छोराद्वारा आमाको हत्या

पर्साको कालिकामाई गाउँपालिका-१ मुडलीमा छोराले आफ्नै आमाको हत्या गरेको प्रहरीले जनाएको छ।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

पर्सा- पर्साको कालिकामाई गाउँपालिका-१ मुडलीमा छोराले आफ्नै आमाको हत्या गरेको प्रहरीले जनाएको छ। जग्गा बेचेको पैसा आमाले आफूलाई नदिएको भन्दै २२ वर्षीय छोरा भुलाई चौरसिया भनिने जितेन्द्रले आमाको घाटी थिचेर हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता ओम प्रकाश खनालले ६५ वर्षीया पारवती देवीले ५ कठ्ठा जग्गा विक्री गरेको र उक्त पैसा छोराले बारम्बार माग्दा नदिएपछि विवाद सुरु भएको पाइएको बताए।

शनिबार बिहान खाना पकाउने क्रममा पैसा माग्दा नदिएपछि आक्रोशित भई छोरा जितेन्द्रले कुटपिट गर्नुका साथै आमाको घाटी थिचेर हत्या गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ। 

हत्या आरोपमा प्रहरीले जितेन्द्र र बुहारीलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: Feb 27, 2022| 09:50 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।