बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दिपायल विमानस्थलको स्तरोन्नति कार्य तत्काल सुरु हुन्छ : मन्त्री आले

दिपायल विमानस्थलको स्तरोन्नति कार्य तत्काल सुरु हुन्छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले दिपायल विमानस्थलको स्थरोन्नति कार्य तत्काल सुरु हुने बताएका छन्।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

डोटी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले दिपायल विमानस्थलको स्थरोन्नति कार्य तत्काल सुरु हुने बताएका छन्। उनले डोटी विमानस्थलमा ४२ सिटे जहाज सञ्चालनका लागि स्तरोन्नति गरिने बताएका हुन्।

National life

पर्यटक भित्र्याउनका लागि भए पनि दिपायल विमानस्थलमा ४२ सिटे जहाज सञ्चालन गर्न आवश्यक रहेको उनले बताए। दिपायल विमानस्थलको स्तरोन्नति, जग्गा अधिग्रहण तथा टावर, टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरिसकेको उनले बताए। 

दिपालय विमानस्थल स्तरोन्नति, भवन निर्माण तथा जग्गा अधिग्रहणका लागि भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अध्यक्ष समेत रहेकाका मन्त्री आलेले केही महिना पहिले १८ करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए।

विमानस्थल स्तरोन्नतिसहित अन्य विकासका कामका लागि आएको बजेट चाडै टेण्डर प्रक्रिया गरी काम सुरु हुने उनले बताए।

दिपायलसहित अछाम, बाजुरा, बझाङ, बैतडी तथा दार्चुला विमानस्थलको स्तरोन्नति तथा नयाँ निर्माण हुने डडेलधुरा विमानस्थलका लागि आवश्यक बजेट विनियोजन गरिएकाले ती विमानस्थलको काम पनि चाँडै सुरु हुने मन्त्री आलेले बताए।

Shivam cement

प्रकाशित: Feb 27, 2022| 10:10 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।