बुधबार, असार १०, २०८३

बझाङमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

बझाङको बुङगल नगरपालिका-३ जुगेपानीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी थप एक जना गम्भीर घाइते भएका छन्।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं- बझाङको बुङगल नगरपालिका-३ जुगेपानीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी थप एक जना गम्भीर घाइते भएका छन्।

National life

शनिबार साँझ बिजगाडाबाट रमलेकतर्फ जाँदै गरेको से१त १४४१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय ३८ वर्षीय जय बहादुर बोहराको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।

यस्तै, दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार सोही स्थानका ४० वर्षीय हर्कबहादुर बोहरालाई उपचारका लागि धनगढी लगिएको छ।

ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको अस्थाई प्रहरी पोष्ट बिजगाडाले जनाएको छ।

प्रकाशित: Feb 27, 2022| 09:30 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।