आइतबार, कात्तिक ८, २०८३

युक्रेनमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

युक्रेनमा रहेका द्वन्द्व प्रभावित नेपालीको उद्धारको लागि सरकार र एनआरएनएले उच्चस्तरीय संयन्त्र गठन गरेका छन्।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं- युक्रेनमा रहेका द्वन्द्व  प्रभावित नेपालीको उद्धारको लागि सरकार र एनआरएनएले उच्चस्तरीय संयन्त्र गठन  गरेका छन्। विगत केही दिनदेखि जारी रुस र युक्रेनको युद्धबाट प्रभावित नेपालीको उद्धार एवं सहयोगको सम्भावनाबारे छलफल गर्न  शनिबार भर्चुअल माध्यमबाट अन्तरक्रिया गरिएको थियो।

गैरआवासीय नेपाली संघको आयोजनामा भएको अन्तरक्रियामा युद्धको चपेटमा परेका नेपाली समुदायको उद्धार र सहयोगको लागि जर्मनीका लागि नेपाल राजदूत रामकाजी खड्काको अध्यक्षतामा 'रुस-युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति' गठन गरिएको छ । 

युक्रेनमा लगातार दूतावास वा नेपाली समुदायको सम्पर्कमा रहे पनि नयाँ देश पुग्नेवित्तिकै सम्पर्क टुट्ने भएकोले युक्रेनबाट जोगिएर छिमेकी देश स्लोभाकिया, पोल्याण्ड, रोमानिया लगायतका देशमा पुग्ने गरेका अन्य नेपालीलाई सहयोग जुटाउन समस्या परेको छ।

जर्मनीस्थित नेपाली दूतावासले युक्रेन र वरिपरिका देशहरूमा रहेका नेपाली समुदाय तथा गैर नेपाली संघसंस्थाहरू परिचालन गरेर सक्दो सहयोग गर्ने प्रयास गरिरहेको छ। भर्चुअल बैठकमा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले अहिलेसम्म २ सय १९ जना नेपाली सम्पर्कमा आएको जानकारी दिएका छन्।

उनले १० जना नेपालीलाई यात्रा अनुमतिपत्र पनि उपलब्ध गराएको जानकारी दिए। पोल्याण्ड, हंगेरी, रोमानिया र स्लोभाकियालगायतका नजिकैका देशमा रहेका नेपाली समुदायसँग समन्वय गरी दूतावासले उद्धार कार्य दूतावासले छिमेकी देशहरूमा रहेका भारतीय दूतावासहरूसँग पनि सहयोगका लागि पत्राचार गरिएको राजदूत खड्काले जानकारी दिए।

यस्तै द्वन्द्व  पीडितको लागि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनको डा. बोधराज सुवेदीको संयोजकत्वमा एक उपसमितिसमेत गठन गरिएको छ। 

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले द्वन्द्वग्रस्त मुलुक युक्रेनमा रहेका नेपालीलाई नआत्तिन आग्रह गरेका छन्। उनले एनआरएनएले सहयोग गरिरहेको र गर्ने प्रतिवद्धतासमेत जनाएका छन्।

प्रकाशित: Feb 27, 2022| 07:03 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...