आइतबार, कात्तिक ८, २०८३

पल शाह प्रकरणमा चलचित्र कलाकार संघले भन्‍यो - पेशालाई नै बदनाम गरियो

अभिनेता पल शाह प्रकरणपछि चलचित्र क्षेत्रलाई बदनाम गर्ने काम भएको भन्दै नेपाल चलचित्र कलाकार संघले आपत्ति जनाएको छ।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

काठमाडौं- अभिनेता पल शाह प्रकरणपछि चलचित्र क्षेत्रलाई बदनाम गर्ने काम भएको भन्दै नेपाल चलचित्र कलाकार संघले आपत्ति जनाएको छ।

संघले हालै अभिनेता पल शाह र पल शाहसँग सम्बन्धित भनी आइरहेको समाचार र सन्दर्भमा संघको ध्यान आकृष्ट भएको जनाएको छ।

अभिनेता पल शाहको विषय, घटना र सन्दर्भ कानुनी उपचारमा रहेकाले त्यस सम्बन्धमा नेपालको कानुनले सम्बन्धित निकाय मार्फत निर्क्योल र निष्कर्ष निकाल्ने र दोषीलाई सजाय दिने उल्लेख गरेको छ। त्यो विषय र सन्दर्भमा चलचित्र क्षेत्र र कलाकारलाई दोषारोपण गर्दै विभिन्‍न लाञ्छना लगाई वादविवादको सिर्जना गर्नु र एक आपसमा लाञ्छना लगाउनु दुःखद रहेको संघले ठहर गरेको छ।

केन्द्रीय अध्यक्ष रवीन्द्र खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'व्यक्तिगत जीवन,पेसा र व्यवसाय फरक फरक कुरा हुन । व्यक्तिको विषयलाई लिएर पेसा र व्यवसायलाई आक्षेप लगाउँदै फलानो चलचित्रमा फलानो छ भन्दै दोषारोपण गर्नु खेदजनक छ । एउटा चलचित्रमा कलाकार मात्र हैन , अरू पेसाकर्मी र लगानीकर्ताको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । चलचित्रमा काम गरेको एउटा व्यक्तिको विषयसँग चलचित्र,पेसा र व्यवसायलाई जोडेर चलचित्र क्षेत्रलाई बदनाम गराउने,जनमानसमा दुष्प्रचार गर्ने खालका क्रियाकलाप नगरी दिन हुन हामी सबैमा विनम्र अनुरोध गर्दछौँ ।'

प्रकाशित: Feb 26, 2022| 21:17 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।