बुधबार, असार १०, २०८३

लाङ्टाङ र गोसाइँकुण्ड पदमार्गमा आउन थाले पर्यटक

कोरोना भाइरस सङ्क्रमणको जोखिम कम हुँदै गएको र यस क्षेत्रमा हुने अत्यधिक चिसोपनमा कमी आएसँगै लाङ्टाङ र गोसाइँकुण्ड पदमार्गमा आन्तरिक एवं बाह्य पर्यटक आउन थालेका हुन्।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

रसुवा- कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सुनसान रहेको लाङ्टाङ र गोसाइँकुण्ड पदमार्गमा छिटफुट विदेशी पर्यटक देखिन थालेका छन्।  

National life

कोरोना भाइरस सङ्क्रमणको जोखिम कम हुँदै गएको र यस क्षेत्रमा हुने अत्यधिक चिसोपनमा कमी आएसँगै लाङ्टाङ र गोसाइँकुण्ड पदमार्गमा आन्तरिक एवं बाह्य पर्यटक आउन थालेका हुन्। 

पदयात्रीको आगमन सुरू भएसँगै हिमपातका कारण उच्च भागमा बन्द रहेको होटल तथा लज क्रमश पुनःसञ्चालन हुन थालेको होटल व्यवसायी सङ्घका जिल्लाध्यक्ष रामशरण (निसान )गजुरेलले बताए। पदमार्गमा पर्यटक घुम्न आउन थालेपछि कोरोना भाइरस सङ्क्रमणले थाला परेको व्यवसायबाट पलायन हुन लागेका व्यवसायीलाई आशा जगाएको उनको भनाइ छ। 

एक-दुई दिन अगाडिदेखि दैनिकरूपमा १५-२० जना आन्तरिक र चार-पाँच जना बाह्य पर्यटकको आगमन भइरहेको होटल व्यवसायीले बताएका छन्। 

अबका दिनमा पर्यटन क्षेत्र चलायमान हुने अपेक्षाका साथ यहाँका व्यवसायीले पदमार्गका होटल तथा लजमा थप सुदृढीकरणको गृहकार्यसमेत अगाडि बढाइसकेको अध्यक्ष गजुरेलले जानकारी दिए।

Shivam cement

 गोसाइँकुण्ड जाने धार्मिक मार्गअन्तर्गत रहेको जैविक विविधता, बुधबार परेको हिमपात एवं लौरिविनायक क्षेत्रबाट देखिने पश्चिम नेपालका अग्ला हिमश्रृंखलाले यात्रा मनमोहक बनाएको कपिलवस्तु वाणगंगा–८ का २४ वर्षीय हरि अर्यालले बताए। रसुवा ट्रेक एण्ड ट्राभल टुर ठमेल काठमाडौंमार्फत पर्यटकका रूपमा गोसाइँकुण्ड आएका अमेरिकन नागरिक पाठरिक एवं युकेबाट आएका निकले हिमाली क्षेत्रको सुन्दरता हेर्न आफ्ना धेरै साथी आउन आतुर रहेको बताउँदै पहिलो चरणमा आफूहरूले भ्रमण सम्पन्न गरी दोस्रो चरणमा अन्य साथीभाइलाई रसुवाको भ्रमणमा पठाउने बताए। चन्दनबारी, लौरिविनायक तथा गोसाइँकुण्डमा एक सातासम्म मुकाम गर्ने उनीहरुको भनाइ छ। 

शशिर ऋतुको फागुन, वसन्त ऋतुको चैत, वैशाख, ग्रीष्म ऋतुको जेठ, शरद ऋतुको असोज, कात्तिक र हेमन्त ऋतुको मङ्सिर महिना हिमाली पदयात्राका लागि अत्यन्तै उपयुक्त समय भएको पर्यटन व्यवसायी गगनराज न्यौपानेले जानकारी दिए।

 धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्ड, जीव विशेषज्ञ स्व डाक्टर प्रह्लाद याञ्जेन रेडपाण्डा पदमार्गअन्तर्गत लाङ्टाङ तथा क्याङ्जेन, तामाङ सम्पदा मार्गको गतलाङ, नागथली, थुमन र वृद्विम क्षेत्र पर्यटकको मुख्य आकर्षण थलो भएको पर्यटन व्यवसायीले जनाएका छन्।

प्रकाशित: Feb 27, 2022| 00:01 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।