आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यस्तो छ युक्रेनमा रुसले हालै गरेको आक्रमणको भन्दै फैलाइएका फोटोको वास्तविकता

यस्तो छ युक्रेनमा रुसले हालै गरेको आक्रमणको भन्दै फैलाइएका फोटोको वास्तविकता

यो फोटो सन् २०२१ अप्रिल ९ मा राष्ट्रपति जेलेन्स्की पूर्वी युक्रेनको द्वन्द्वग्रस्त क्षेत्रमा जाँदैगर्दाको हो। यस फोटोबारे थप जानकारी यो लिङ्कमा पाउन सकिन्छ।काठमाडौं- युक्रेनमा रुसले आक्रमण गरेसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले केही दिनयता त्यसम्बन्धी सामग्री शेयर गरेका छन्।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

त्यसैगरी ट्वीटरमा  युक्रेनका राष्ट्रपति समेत युद्धमैदानमा होमिएको भन्दै फोटोहरु शेयर गरिएका छन्। नेपाल कम्युनिष्ट पार्टी एमालेकी सा‌ंसद कोमल वलीले यस्तो पोष्ट शेयर गरेकी छन्, “कलाकारिता भित्र लुकेको राष्ट्रवाद सैनिक पोसाकमा युक्रेन र युक्रेन जनताको सुरक्षाका लागि सडकमा निस्किएको हामीले देखेका छौँ।” उनले सैनिक पोशाक लगाएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको तस्बिर शेयर गर्दै त्यस्तो ट्वीट गरेकी हुन्। उनको ट्वीटमा ८ रिट्वीट र २४७ लाइक आएको छ। kiranjoshi235 नामक ट्वीटर प्रयोगकर्ताले पनि सोही फोटोसहित उस्तै ट्वीट अ‌ङ्ग्रेजीमा गरेका छन्।

यो फोटो सन् २०२१ अप्रिल ९ मा राष्ट्रपति जेलेन्स्की पूर्वी युक्रेनको द्वन्द्वग्रस्त क्षेत्रमा जाँदैगर्दाको हो। यस फोटोबारे थप जानकारी यो लिङ्कमा पाउन सकिन्छ।काठमाडौं- युक्रेनमा रुसले आक्रमण  गरेसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले केही दिनयता त्यसम्बन्धी  सामग्री शेयर गरेका छन्। सामाजिक सञ्जाल फेसबुक, ट्वीटर लगायतमा युक्रेनमा जारी युद्धका भन्दै विभिन्न फोटोहरु  शेयर भइरहेका छन्।  फेसबुकमा शेयर गरिएका ती फोटोमध्ये एक क्षतविक्षत अवस्थामा रहेको एउटा चोक देखाइएको छ।  त्यस्तै अर्को फोटोमा एउटा घरको भग्नावशेषमा एक बच्चा उभिरहेको देखिन्छ । तेस्रो फोटोमा  युद्धमा प्रयोग हुने बख्तरबन्द गाडि देखिएको छ। यसैगरी ट्वीटरमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सैनिक पोशाकमा युद्धमा होमिएको भन्दै उनको तस्बिर भाइरल भइरहेको छ। हामीले यी तस्बिरको तथ्य जाँच गरेका छौँ। कतिपय प्रयोगकर्ताले युक्रेनको घटनालाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन अनुदानसँग पनि जोडेका छन्।


पहिलाे तस्बिर

कलाकार राजीव ज‌‌ङ्ग बस्नेतले युक्रेनलाई हेरौ भन्दै लामो स्टाटससहित शेयर गरेका तीन फोटोमध्येको यसमा रातो लुगा लगाएको एक बच्चा भत्किएको भवनबाट बाहिर हेरिरहेको देखिन्छ। यो तस्बिर युक्रेनको नभई सन् २०२१ को मे २२ मा प्यालेस्टाइन र इजरायलको युद्धबिराम पछिको भएको फेला परेको छ। फोटोग्राफर फतिमा स्बैरले गेटि इमेजेजका लागि खिचेको यो फोटो अमेरिकी अनलाइन इन्टरसेप्टले प्रकाशित गरेको छ।

दोस्रो तस्बिर

यो फोटो युक्रेनको राजधानी किएभस्थित इन्डिपेन्डेस स्क्वाएरको  हो। तर यो फोटो सन् २०१४ फेब्रुअरीमा भएको प्रदर्शनको हो।  समाचार एजेन्सी रोयटर्सकी ओल्गा याकिमोभिचले फेब्रुअरी २०१४ मा खिचेको सरकार विरोधी प्रदर्शनीको तस्बिरलाई केही फेरबदल गरी डेडस्टेट नामक अनलाइनमा छापिएको पाइयो। याकिमोभिचको तस्बिरबारे थप जानकारी रोयटर्सको वेबसाइटमा छ।

तेस्रो तस्बिर

यो फोटो युनियन करेज(२०२२ नामक रूस र बेलारुसको स‌‌‌‌युक्त सैन्य अभ्यासका दौरान खिचिएको हो। यो फोटो अमेरिकी समाचार एजेन्सी एसोसिएटेड प्रेसका अलेक्जान्डर जेम्लियानीचेम्को जुनियरले गत फेब्रुअरी १९, २०२२ मा खिचेका हुन्। यो सैन्य अभ्यास हालै भएको भएता पनि यो बेलारुसमा भएको थियो। तसर्थ यो तस्बिर युक्रेनको होइन।

चौथो तस्बिर


त्यसैगरी ट्वीटरमा  युक्रेनका राष्ट्रपति समेत युद्धमैदानमा होमिएको भन्दै फोटोहरु शेयर गरिएका छन्। नेपाल कम्युनिष्ट पार्टी एमालेकी सा‌ंसद कोमल वलीले यस्तो पोष्ट शेयर गरेकी छन्, “कलाकारिता भित्र लुकेको राष्ट्रवाद सैनिक पोसाकमा युक्रेन र युक्रेन जनताको सुरक्षाका लागि सडकमा निस्किएको हामीले देखेका छौँ ।” उनले सैनिक पोशाक लगाएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको तस्बिर शेयर गर्दै त्यस्तो ट्वीट गरेकी हुन् । उनको ट्वीटमा ८ रिट्वीट र २४७ लाइक आएको छ । @kiranjoshi235 नामक ट्वीटर प्रयोगकर्ताले पनि सोही फोटोसहित उस्तै ट्वीट अ‌ङ्ग्रेजीमा गरेका छन् ।

यो फोटो सन् २०२१ अप्रिल ९ मा राष्ट्रपति जेलेन्स्की पूर्वी युक्रेनको द्वन्द्वग्रस्त क्षेत्रमा जाँदैगर्दाको हो। यस फोटोबारे थप जानकारी यो लिङ्कमा पाउन सकिन्छ।

(साभार: प्रविण भट्टको सहयोगमा साउथ एसिया चेकले तयार पारेको सामग्री)


प्रकाशित: Feb 26, 2022| 21:01 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।