बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पल प्रकरण : पीडितका पक्षमा मुद्दा लड्दै अधिवक्ता राधिका खतिवडा

पल प्रकरण : पीडितका पक्षमा मुद्दा लड्दै अधिवक्ता राधिका खतिवडा

अधिवक्ता राधिका खतिवडाले अभिनेता पल शाहविरुद्धको मुद्दामा पीडित नाबालिगका पक्षबाट मुद्दा लड्ने भएकी छन्।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

काठमाडौं- अधिवक्ता राधिका खतिवडाले अभिनेता पल शाहविरुद्धको मुद्दामा पीडित नाबालिगका पक्षबाट मुद्दा लड्ने भएकी छन्। शनिबार फेसबुकमा स्टाटस लेख्दै अधिवक्ता खतिवडाले पीडितका पक्षबाट वकालत गर्ने भएकी हुन्। 

National life

यसका साथै पल प्रकरणमा बोल्नुअघि विचार गर्न पनि खतिवडाले सबैमा आग्रह गरेकी छन्। 'हिजो एक १७ वर्षिया यौनजन्य हिंसाबाट पीडितसँग कुरा भयो। निज पीडित महिलाले उनको पक्षमा कानुनी लडाइमा सहयोग गर्न अनुरोध गरिन्। मैले हुन्छ भनेँ,' खतिवडाले फेसबुकमा लेखेकी छन्।

अधिवक्ता खतिवडाले पीडित बालिकाका विषयमा सामाजिक सञ्जालमा अपव्याख्या गरेर विषयान्तर गर्न खोजिएकाको समेत उल्लेख गरेकी छन्। त्यस्ता गतिविधिले स्वतन्त्र अनुसन्धानमा बाधा गर्न सक्ने भएकाले त्यसमा संवेदनशील बन्न उनको आग्रह छ।

अभिनेता पल शाहले पीडित बालिकामाथि पटक–पटक जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको छ। तर पल भने हालसम्म प्रहरीलाई छक्याउँदै फरार बस्न सफल भएका छन्। 

आफूविरुद्ध जाहेरी दर्ता भएपछि उनले फेसबुकमा अडियो सार्वजनिक गर्दै आफूलाई फसाउनका लागि बलात्कारको आरोप लगाइएको समेत उनको दाबी छ। उनी केही कलाकारहरूसँग सम्पर्कमा रहेको तर पक्राउ नपरेको प्रहरीको भनाइ छ। प्रहरीले उनीसँग सम्पर्क भएको देखिएका फिल्म 'म यस्तो गीत गाउँछु-२' का निर्देशक सुदर्शन थापालाई शनिबार सोधपुछ गरी छोडेको छ। 

Shivam cement

पीडितका तर्फबाट वकालत गर्ने भएकी अधिवक्ता राधिकाले लेखेकी छन्: 

हिजो  एक १७ वर्षिया यौनजन्य हिंसाबाट पीडितसँग कुरा भयो। निज पीडित महिलाले उनको पक्षमा कानुनी लडाइमा सहयोग गर्न अनुरोध गरिन् मैले हुन्छ भने। १८ वर्षमुनिका बालबालिका  र १८ वर्ष कटेका बालिग मानिसका बीचमा कानुनमा ठुलो अन्तर छ। हरेक बालबालिका कसैका छोराछोरी मात्र होइनन्, उनीहरू समाजका छोराछोरी हुन्। बालिकामाथिको बलात्कार भनेको सभ्य समाजको निम्ति लज्जाको विषय हो। बालिकालाई समाजका दानवरूपी पुरुषबाट जोगाउन दिन दिनै  जटिल बन्दै गएको छ।

१८ वर्ष मुनिका पीडित बालिकाको सहमतिमा पनि करणी गर्न मिल्दैन भन्ने कानुनी व्यवस्थालाई सबैले  हेक्का राखौँ। कानुनले वर्जित गरेका क्रियाकलाप गर्ने छुट केही हाई प्रोफाइल वा ग्ल्यामर फिगरलाई छैन। कानुनको रक्षा गर्नु हाम्रो धर्म हो। एउटा घटनालाई लिएर समाज ध्रुवीकरण भएको छ ( सहमतिमा शारीरिक सम्बन्ध भयो अनि अहिले केही मानिसको उक्साहटमा निज पिडकलाई षडयन्त्र गरियो ) कानुनको विषय त्यस्तो होइन। घटना र यो विषयलाई यसरी बुझ्नु जरुरी छ ….।

'पल मलाई पनि सबैभन्दा मन पर्ने सेलिब्रेटी हुन्। यिनले यस्तो नगर्नुपर्ने। किन यस्तो गरे' भन्ने प्रश्न मेरो मनमा पनि धेरै पटक आएकै हो। तर कानुनको अनभिज्ञता कसैलाई क्षम्य हुँदैन। अझ रियल हिरोको उपनाम पाएका व्यक्तिलाई छुट दिनेगरि बहस चलाउनु हुँदैन। कानुनका नजरमा सबै समान हुन्छन्। सबैलाई एउटै कानुन लागु हुने हो।

प्रकाशित: Feb 26, 2022| 20:14 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।