आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ११६५ ग्राम अवैध सुन भित्र्याउन अध्यागमनका कर्मचारीले यसरी गरे सहयोग

११६५ ग्राम अवैध सुन भित्र्याउन अध्यागमनका कर्मचारीले यसरी गरे सहयोग

भन्सार छली नेपाल भित्र्याउन खोजिएको १ हजार १ सय ६५ ग्राम तौल सुनसहित दुई जना पक्राउ परेका छन्।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

काठमाडौं- भन्सार छली नेपाल भित्र्याउन खोजिएको १ हजार १ सय ६५ ग्राम तौल सुनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी ईटहरी उपमहानगरपालिका-१६ लवीपुरका ३४ वर्षीय कमल घिमिरे र अध्यागमन विभागका कर्मचारी लक्ष्मण गुरागाईं छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नायब सुब्बा लक्ष्मण गुरागाईले समेत उनलाई सहयोग गरेको देखिएको प्रहरीले जानकारी दिएको छ। नासु गुरागाईंले अध्यागमन एरियाको शौचालयमा गई कमल घिमिरेले ल्याएको सुनका सिक्री लिएका थिए। गुरागाईंले नै ती सिक्रीहरूको भन्सार चेकजाँच क्षेत्र पास गराएका थिए। यसपछि उनी पुन: सोही क्षेत्रकै शौचालयमा गई फिर्ता दिएको प्रहरीले बताएको छ।

घिमिरे फ्लाई दुबईको उडानमा दुबईबाट नेपाल आएका थिए। विमानस्थल प्रहरीले जाँच गर्ने क्रममा शुक्रबार बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टेनल गेटबाट पक्राउ परेका हुन्।

उनले भन्सार पास गराइसकेको उक्त १० थान सिक्री विमानस्थलबाट बाहिरिने क्रममा प्रहरीले जाँच गर्दा फेला पारेको हो। 

बरामद सुनको सिक्री सहित दुवै जनालाई थप अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको छ।

प्रकाशित: Feb 26, 2022| 18:24 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।