बुधबार, असार १०, २०८३

धनुषा, चितवन र कैलालीका दुर्घटनामा ३ जनाको मृत्यु

धनुषा, चितवन र कैलालीमा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शुक्रबार राती भएका ती दुर्घटनामा उनीहरुको मृत्यु भएको हो।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

काठमाडौं- धनुषा, चितवन र कैलालीमा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शुक्रबार राती भएका ती दुर्घटनामा उनीहरुको मृत्यु भएको हो।

National life

धनुषा, नगराईन नगरपालिका-४ नगराईन फुलगामा सडकमा अनटेष्ट लेखिएको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार वतन नखुलेका ३५ वर्षीय दिलीप रामको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुर हुँदै काव्य अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। 

चितवन, भरतपुर महानगरपालिका-७ बुद्ध चोकमा प्रदेश ३-०१-०२३ च ८१५४ नम्बरको स्कारपियो र ना.१२ प ३४६९ नम्बरको मोटरसाइकल शुक्रबार राति एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-२२ बस्ने २५ वर्षीय सुनिल महतोको मृत्यु भएको छ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुवै सवारी साधन र स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कैलाली, गौरीगंगा नगरपालिका-१ मंगलपुरमा सु.प.प्र.०१-०१० प २०७७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ बडैपुर बस्ने ३४ वर्षीय साजन बिकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरिया हुँदै प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Shivam cement

प्रकाशित: Feb 26, 2022| 17:59 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।