बुधबार, असार १०, २०८३

पल प्रकरण : निर्देशक थापा प्रहरी नियन्त्रणमुक्त

सोधुपछ सकिएपछि उनलाई नियन्त्रणमुक्त गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८
National life
Shivam cement

काठमाडौं- अभिनेता पल शाहलाई फरार बनाउन सहयोग गरेको विषयमा नियन्त्रणमा लिइएका  निर्देशक सुदर्शन थापा नियन्त्रणमुक्त भएका छन्। पलसँग सम्पर्कमा देखिएपछि सोधपुछ गरी प्रहरीले नियन्त्रणमा लिएको थियो। सोधुपछ सकिएपछि उनलाई नियन्त्रणमुक्त गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। 

नाबालिय किशोरीमाथि बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी परेको चार दिन भइसकेको छ। सोही दिन उनलाई पक्राउ गर्ने जिल्ला अदालत तनहुँले पक्राउ पुर्जी जारी गरेको थियो। तर पल भने हालसम्म पनि फरार छन्। फरार भएको बेला पलले पटकपटक निर्देशक थापासँग सम्पर्क गरेको देखिएकाले सोधपुछ गरी छाडिएको प्रहरीको भनाइ छ। 

पलले अभिनय गरेको पछिल्लो फिल्म 'म यस्तो गीत गाउँछु-२' का निर्देशक थापा हुन्। तनहुँमा जाहेरी दर्ता भएकै दिन फिल्मको प्रिमियर पनि थियो। तर प्रिमियरमा पल पुगेका थिएनन्। 

प्रकाशित: Feb 26, 2022| 16:56 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।