शनिबार, साउन ३०, २०८३

सूर्यविनायक नगरपालिकाभित्र विकास आयोजनाको अनुगमन

अनुगमनमा नगरपालिकाका उपप्रमुख जुना बस्नेतले नगरपालिकामा राष्ट्रिय प्राणी उद्यान, चित्तपोलमा झोलुङ्गे पुल, नगर भित्रको शिव सर्किट, हनुमन्ते करिडोर निर्माणलगायत सडक एवं पुल निर्माण सम्पन्न भएको सञ्चारकर्मीलाई जानकारी दिए।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

भक्तपुर- भक्तपुरको सूर्यविनायक नगरपालिका-८, ९ र १० मा भएका विकास र निर्माणका कामको जनप्रतिनिधि र सञ्चारकर्मीले अनुगमन गरेका छन्। 

राष्ट्रिय सञ्चार केन्द्रको आयोजना एवं नगरपालिकाको समन्वयमा स्थानीय जनप्रतिनिधि र उपत्यकाका ३० पत्रकारले फागुन ७ गतेदेखि सञ्चालमा आएको सूर्यविनायक नगर अस्पताल, वडा कार्यालय भवन, सडक, त्रिवेणी पुल, खानेपानी, डोलेश्वर मन्दिर लगायत क्षेत्र विकासका आयोजनाको स्थितिबारे अनुगमन गरेका हुन्। 

अनुगमनमा नगरपालिकाका उपप्रमुख जुना बस्नेतले नगरपालिकामा राष्ट्रिय प्राणी उद्यान, चित्तपोलमा झोलुङ्गे पुल, नगर भित्रको शिव सर्किट, हनुमन्ते करिडोर निर्माणलगायत सडक एवं पुल निर्माण सम्पन्न भएको सञ्चारकर्मीलाई जानकारी दिए।

वडा नम्बर ८ का अध्यक्ष किरण थापाले जगातीमा सञ्चालनमा आएका ३७ शय्याको सूर्यविनायक नगर अस्पताल निर्माणमा रु ८ करोड ५० लाखको लागमा  निमार्ण गरिएको र अस्पतालको आईसीयूमा ४, एचडीयूमा १०, साधारणमा १३ र आकस्मिक कक्षमा १० सहित कूल ३७ शय्या सञ्चालनमा ल्याइएको जानकारी दिए।

एक्सरे, साधारण शल्य चिकित्सा, औषधि पसल, ओपीडी सेवा, स्वास्थ्य बीमा अन्र्तगतका सेवा अस्पतालले सञ्चालन गरेको छ। 

सोही वडाको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर निर्माणका लागि ५५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएकामा हालसम्म १२ करोड रुपैयाँको लगानीमा मन्दिर निर्माण, तामाको छानो राख्ने, गणेश, हनुमान मन्दिर चौबन्दी सत्तल, ६४ लिङ्ग, ढुंगेधारा, पितृ कार्य गर्ने भवनलगायत संरचना निर्माण गरिएको जानकारी दिँदै उनले नगरपालिकाको २० लाख रुपैयाँको लागतमा मन्दिरको मुख्यद्वार निर्माण गरिएको बताए।

करीब १ करोड रुपैयाँको लागतमा निर्माण गरिएको सिपाडोल खानेपानी आयोजनाबाट ८०० घरधुरी लाभान्वित भएका उनको भनाइ थियो। यसैगरी २ करोड रुपैयाँको लागतमा सिपाडोलकै शान्ति निकेतन माविको भवन निर्माण गरिएको बताइएको थियो। 

राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले स्थानीय सरकारको कार्यकाल सकिन लाग्दा सञ्चारकर्मीले स्थानीय सरकारका विकासको अवस्थाबारे अनुगमनबाट जानकारी लिएको बताए।  रासस

प्रकाशित: Feb 26, 2022| 16:00 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।