बुधबार, असार १०, २०८३

बैंकको जागिर छाडेर व्यावसायिक कालिज पालन

आचार्य बैंकिङ क्षेत्रको जागीरै छाडेर व्यावसायिकरुपमा कालिजपालनमा लागेका हुन्।उनले लस्ती कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर कालिज, टर्की, हाँस, बाख्रा र माछापालन गरेका छन्।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

म्याग्दी- म्याग्दी सदरमुकाम बेनीबजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ लस्तीका युवा यामनाथ आचार्यले बैंकको जागीर छोडेर कृषि पेसा रोजेका छन्। आचार्य बैंकिङ क्षेत्रको जागीरै छाडेर व्यावसायिकरुपमा कालिजपालनमा लागेका हुन्।उनले लस्ती कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर कालिज, टर्की, हाँस, बाख्रा र माछापालन गरेका छन्।

National life

३५ लाख लगानीबाट 'जङ्गली कुखुरा' भनेर चिनिने कालिजको व्यावसायिकपालन सुरु गरेका आचार्यले यस पेसामा धेरै सम्भावना रहेको बुझेपछि व्यवसायलाई थप लगानी र अझै व्यवस्थित बनाएका छन्। कालिजको मासु र अण्डा अरू पन्छीको भन्दा महँगोमा बिक्री हुन थालेपछि कालिजपालनमा लगानी थपेर थप व्यवस्थित बनाएको उनले बताए।

उनको फार्ममा अहिले बिक्री भएर बँचेका १०० भन्दा बढी कालिज छन्। तीन सयभन्दा बढी कालिज बिक्री गरिसकेको उनले जानकारी दिए। पौने दुई किलोसम्मको एउटा कालिज रु तीन हजार ५०० देखि चार हजारसम्ममा बिक्री हुने गरेको छ।

कालिज प्रजातिका चरामा रोगप्रतिरोधी क्षमता बढी हुनाले जोखिम कम रहेको उनको भनाइ छ। कालिजका लागि उनले रैथाने आहारा (मकै, गहुँ, कोदो) का साथै बजारबाट आयातित दाना खुवाउने गरेका छन्। हरियो भुइँ तथा डालेघाँसबाट पनि उनले कालिजलाई दानाको व्यवस्थापन गरेको बताए। उनको फार्ममा तीन व्यक्तिले रोजगारी पाएका छन्।

निकट भविष्यमा ‘ह्याचिङ मेसिन’ राखेर आफैँ चल्ला उत्पादन गर्ने र मासुका लागि भाले कालिजको संख्या बढाउने उनको योजना छ। पाँच महिनामा करिब दुई किलो तौल हुने र ती कालिज मासु खानका लागि योग्य हुने उनले जानकारी दिए। कालिजको मासु सबैका लागि स्वादिष्ट र उपयोगी हुने भए पनि विशेष गरी युरिकएसिड भएका व्यक्ति र सुत्केरीका लागि हितकारक हुने बताइएको छ।

Shivam cement

कालिजलाई दाना र घाँस दुवै दिएर पाल्न सकिन्छ। आहारामा समेत कम खर्च लाग्छ। यद्यपि कालिज आकाशमै उड्न सक्ने भएकाले सबैतिर जालीले छेक्नुपर्छ। त्यसैले खोर बनाउन भने खर्चिलो हुन्छ। आफ्नै जग्गामा अहिले पूर्वाधार विस्तारको समेत काम भइरहेको र बाख्रा तथा कालिजपालनलाई प्राथमिकता दिने उनले बताए। उनको फार्ममा कालिज, टर्की र बाख्रा छन्। तीनवटा पोखरीमा माछापालन पनि सुरु भएको छ।

जलजला गाउँपालिकाले पनि व्यावसायिक कृषि क्षेत्रमा लाग्नेलाई प्रोत्साहनको नीति लिएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षमा यसकै लागि रु ४५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ। नेपालमा कालिज प्रजातिका चरा लोप हुने अवस्थामा पुगेको भन्दै सरकारले संरक्षितको सूचीमा राखेको छ। यद्यपि यहाँ पछिल्लो समय विदेशी प्रजातिका कालिजको व्यावसायिक पालन थालिएको हो।    रासस

प्रकाशित: Feb 26, 2022| 14:50 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।