बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • म्याग्दी नदीमा झोलुङ्गे पुल बनेपछि यात्राअवधि छोट्टियो

म्याग्दी नदीमा झोलुङ्गे पुल बनेपछि यात्राअवधि छोट्टियो

भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने नाउरा र चेचुङको सिमाना भएर बग्ने नदीमा बनेको पुलले जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नुपर्ने समस्या हटेको हो।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

म्याग्दी- म्याग्दीको धौलागिरि गाउँपालिका–४ नाउराको कोपिलाघाटस्थित म्याग्दी नदीमा झोलुङ्गे पुल निर्माण भएपछि यात्राअवधि छोट्टिएको छ। भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने नाउरा र चेचुङको सिमाना भएर बग्ने नदीमा बनेको पुलले जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नुपर्ने समस्या हटेको हो। 

National life

नाउराका बासिन्दा रिम रोकाले चार घण्टा घुमाउरो बाटोको यात्रा गर्नुपर्नेमा पुल बनेपछि एक घण्टामै पुग्न सकिने बताए। ‘नाउरा-चेचुङ आवतजावत गर्न खिवाङ हुँदै चार घण्टा हिँड्नु पर्दथ्यो’, उनले भने, ‘पुल बनेपछि एक घण्टामै पुग्न सकिन्छ। जङ्गल, भिर र खोल्साको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ।’ 

नाउराका बासिन्दा रिम रोकाले चार घण्टा घुमाउरो बाटोको यात्रा गर्नुपर्नेमा पुल बनेपछि एक घण्टामै पुग्न सकिने बताए।  ‘नाउरा-चेचुङ आवतजावत गर्न खिवाङ हुँदै चार घण्टा हिँड्नु पर्दथ्यो’, उनले भने, ‘पुल बनेपछि एक घण्टामै पुग्न सकिन्छ। जङ्गल, भिर र खोल्साको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ।’ 

यसैगरी धौलागिरि गाउँपालिका–२ को आवासखोलामा रु ३२ लाख ४१ हजार ८५९ को लागतमा निर्माण भएको ३२ मिटर ट्रस पुलबाट खोरियाका १०० घरधुरी लाभान्वित भएका छन्। पुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ। पुल निर्माणका लागि टिबिएसयुको स्वाप कार्यक्रमले लठ्ठा र बुल्डअपग्रिप उपलब्ध गराएको थियो। गाउँपालिकाले स्टिल डेग खरिद र ढुवानी गरेको हो।  रासस

प्रकाशित: Feb 26, 2022| 09:01 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।