शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दोहा जान लागेको जहाजमा अनधिकृत व्यक्ति भेटिएपछि छानविन समिति गठन

दोहा जान लागेको जहाजमा अनधिकृत व्यक्ति भेटिएपछि छानविन समिति गठन

नेपाल वायुसेवा निगमको दोहा जान लागेको जहाजमा गएको सोमबार अनधिकृत व्यक्ति भेटिएको घटनाप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं- नेपाल वायुसेवा निगमको दोहा जान लागेको जहाजमा गएको सोमबार अनधिकृत व्यक्ति भेटिएको घटनाप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विमानमा पासपोर्ट, भिसा विना नै एक व्यक्ति पुगेको घटना विमानस्थल सुरक्षाको दृष्टिले अति नै संवेदनशील भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सात दिनमा प्रतिवेदन पेस गर्ने गरी अध्यागमन विभागका महानिर्देशको संयोजकत्वमा ९ सदस्सीय छानविन समिति गठन गरिएको जनाएको छ।

नेपाल वायुसेवाको ए ३३० जहाजमा गत सोमबार अनधिकृत व्यक्ति फेला परेका थिए।

 

प्रकाशित: Feb 25, 2022| 14:00 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।