बुधबार, असार १०, २०८३

मोरङको पथरीशनिश्चरेमा घरभित्र एक व्यक्तिको शव फेला

मोरङको पथरीशनिश्चरे १० स्थित शरणार्थी शिविरमा एक पुरुषको शव फेला परेको छ।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८
National life
Shivam cement

विराटनगर- मोरङको पथरीशनिश्चरे १० स्थित शरणार्थी शिविरमा एक पुरुषको शव फेला परेको छ। 

शरणार्थी शिविर सेक्टर नम्बर सी (२)मा बस्दै आएका ४० वर्षीय दलबहादुर मगरको शव कुहिएर दुर्गन्ध फैलिएको अवस्थामा फेला परेको हो। घरभित्र सुतिरहेको र किरा परेर दुर्गन्धित भएको अवस्थामा मगरको शव भेटिएको मोरङ प्रहरीले बताएको छ। 

घरभित्र सडेको शव देखेपछि स्थानीयले शुक्रबार प्रहरीलाई खबर गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जील मुकारुङले बताए। मृत फेला परेका मगर केही समयदेखि घरमा एक्लै बस्दै आएको पथरीशनिश्चरे-१० का वडाध्यक्ष सागर राईले बताए। मगरका परिवारका सबै सदस्य अमेरिकामा रहेको राईले जानकारी दिएका छन्।

प्रकाशित: Feb 25, 2022| 13:37 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।