बुधबार, असार ३१, २०८३

निहारिकालाई 'योगमाया राष्ट्रिय नारी स्रष्टा' सम्मान 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आख्यानकार निलम कार्की निहारिकालाई नेपाल स्रष्टा समाजले ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’राजधानीमा एक कार्यक्रमबीच हस्तान्तरण गरेको छ। साथै उक्त कार्यक्रममा ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ इतिहास तथा संस्कृतिविद् श्री ज्ञानमणी नेपाललाई दिइएको छ।
 
सोमबार प्रज्ञा प्रतिष्ठानमा ‘स्रष्ठा सम्मान कार्यक्रम’ मा दुवै स्रष्टालाई सम्मान हस्तान्तरण गरिएको थियो। दासप्रथा, सतीप्रथा, छुवाछुत, बहुविवाह आदि कुप्रथाका विरुद्ध आवाज उठाउने महिला कवि योगमाया न्यौपानेले गरिन्। सांकेतिक विरोधको रूपमा आफ्ना अनुयायीहरूलाई समेत अरुण नदीमा हामफालेर ज्यान दिइएकी थिइन योगमायाले।

योगमामाको जीवनमा आधारित निलम कार्कीद्‍वारा लिखित ‘योगमाया’ उपन्यास २०७४ मा प्रकाशित भएको थियो। योगमायाले राणा शासन फाल्न गरेको एतिहासिक कदम र धर्म राज्य ल्याउन गरेको कोसिसलाई उपन्यास योगमायामा समेटिनुका साथै उनको जीवनकाललाई आख्यानमा लिपिबद्ध गरिएको छ।
 
निलम कार्कीको यही परिश्रमलाई मुल्याङकन गर्दै ‘नेपाल स्रष्ठा समाज’ले सम्मान गरेको हो। साथै उक्त कार्यक्रममा स्रष्ठा दर्पण पत्रिकाको नयाँ अंक समेत वितरण गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।