शनिबार, साउन ३०, २०८३

संसद् बैठक फेरि स्थगित

सरकारको आग्रहमा प्रतिनिधिसभाको बैठक आइतवार दिउँसो १ बजेसम्मका लागि फेरि स्थगित गरिएको छ।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं- सरकारको आग्रहमा प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि फेरि स्थगित गरिएको छ।

कानुनमन्त्री दिलेन्द्र बडूले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर बैठक सार्न आग्रह गरेसँगै संसद् बैठक आइतबारसम्मका लागि सारिएको संसद् सचिवालयले जनाएको छ।

एमसीसी संसद्‍मा आइतबार नै पेस भइसकेको छ। तर, त्यसमाथि बहस हुन सकिरहेको छैन। एमसीसीमाथि बिहीबारको संसद् बैठकमा छलफल हुने कार्यतालिका थियो। तर, प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा अन्तिम समयमा स्थगित गरिएको थियो। 

बिहीबार स्थगित गरेर शुक्रबार दिउँसो १ बजेका लागि तय गरिएको संसद् बैठक पुन: सरकारकै आग्रहमा स्थगित भएको हो।


प्रकाशित: Feb 25, 2022| 12:27 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।