आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबलमा आर्मी र प्रहरी च्याम्पियन

लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबलमा आर्मी र प्रहरी च्याम्पियन

विभागीय टोली नेपाल आर्मी र नेपाल प्रहरी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेका छन्। आर्मीले पुरुष तथा प्रहरीले महिलाको उपाधि जितेका हुन्।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं- विभागीय टोली नेपाल आर्मी र नेपाल प्रहरी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेका छन्। आर्मीले पुरुष तथा प्रहरीले महिलाको उपाधि जितेका हुन्।

National life

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको पुरुष फाइनलमा आर्मीले टाइम्सलाई ९०–५८ ले सहजै पराजित गर्‍यो। आर्मीको जितमा आयुश सिंहले सर्वाधिक २६ अंक योगदान गरे। टाइम्सका सदीश प्रधानले १७ स्कोर गरे।

सहज जित हात पार्ने क्रममा आर्मीले चारै क्वाटरमा अग्रता बनायो। आर्मीले क्रमशः २२-१०, २४-२०, १७-१६ र २७-१२ को प्रदर्शन गर्‍यो।

महिलाको रोमाञ्चक फाइनलमा अनुषा मल्लको १९ अंक सहयोगमा प्रहरीले रोयल बास्केटबल एकेडेमीलाई ५२–४९ ले हरायो। प्रहरीले उपाधिसँगै राउन्ड रोविन लिगमा रोयलसंग व्यहोरेको हारको बदला पनि लियो। राउन्ड रोविन लिगमा रोयल विजेता तथा प्रहरी उपविजेता बन्दै उपाधि भिडन्त पक्का गरेका थिए। रोयलकी रोशनी श्रेष्ठले १४ अंक जोडिन्।

पहिलो क्वार्टरमा दुवैले ८–८ को बराबरी खेले। प्रहरी दोश्रोमा २०–१५ र तेश्रोमा १४–११ ले अघि रहँदै जितको आधार खडा गरेको थियो। चौथो तथा अन्तिम क्वाटरमा रोयलले १५–१० को अग्रता लिएपनि जितका लागि पर्याप्त भएन।

Laxmi sunrise bank
kumari

पुरुष/महिला दुवैमा पहिलो हुनेले ५० हजार र दोश्रोले २५ हजार नगद पुरस्कार पाए। नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा आर्मीका विनोद महर्जन तथा महिलामा प्रहरीकी अनुषा मल्ल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। दुवैले जनही १० हजार नगद पुरस्कार हात पारे। पुरुषमा रोयलका सुदीप पौडेल क्षेत्री तथा महिलामा रुपन्देहीकी दीपिका गुरुङ उदीयमान खेलाडी चुनिए। दुवैलाई समान ७ हजार नगदबाट पुरस्कृत  गरियो।

विजेतालाई संघीय सांसद् समेत रहेका नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका उपाध्यक्ष चतुरानन्द राज वैद्य, आयोजक संघका अध्यक्ष भीससिंह गुरुङ, स्व लामाका पिता लामा पासाङ शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

नेपाल बास्केबटल संघका पूर्व अध्यक्ष लामा टेन्डी शेर्पाको स्मृतिमा आयोजित प्रतियोगिताको पुरुषमा १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए। महिलाको राउन्ड रोविन लिगमा ५ टिम सहभागी थिए। १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि राखेप कभर्डहलमा पहिलो पटक बास्केटबलको प्रतियोगिता भएको हो।

प्रकाशित: Feb 24, 2022| 19:03 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।