मंगलबार, भदौ २, २०८३

गृहमन्त्री खाण ओलीलाई भेट्न बालकोट पुगे

गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

काठमाडौं– गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्। 

गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्। 
संसद् बैठकमा प्रस्तुत भएको एमसीसी पारित गर्ने विषयमा छलफल गर्न खाण बालकोट पुगेका हुन्। भेटमा सत्ता गठबन्धनबारे पनि छलफल हुने बताइएको छ।
त्यस्तै, एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै एमसीसीविरोधी प्रदर्शनकारीले ढुंगा हानेको विषयमा पनि कुराकानी हुने बताइएको छ। ओलीले आफूलाई लक्षित गर्दै ढुंगा प्रहार भएपछि गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका थिए।

उता, प्रधानमन्त्री शेरबहादुर देउवा भने माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका छन्। यसअघि हिजो देउवाले ओलीसँग एमसीसीबारे बालुवाटारमा छलफल गरेका थिए।

प्रकाशित: Feb 23, 2022| 10:19 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...