मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • जेब्रा झोलामा भेटिएको शवको सनाखत, परिवारकै सदस्यले हत्या गरेको आशंका

Siddartha premir insuranceSiddartha premir insurance

जेब्रा झोलामा भेटिएको शवको सनाखत, परिवारकै सदस्यले हत्या गरेको आशंका

सुनसरीको धरान–४ मा एक साताअघि जेब्रा झोलामा भेटिएको शवको सनाखत भएको छ।
 |  मंगलबार, फागुन १०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

विराटनगर– सुनसरीको धरान–४ मा एक साताअघि जेब्रा झोलामा भेटिएको शवको सनाखत भएको छ। शव झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय दिनेश सिग्देलको रहेको प्रहरीले जनाएको छ। 

triton college

शरीरलाई टुक्राटुक्रा बनाई जेब्रा झोलाभित्र प्याक गरेर धरान–भेडेटार सडक खण्डको जंगलमा फ्यालिएको अवस्थामा शव भेटिएको थियो। सिग्देल वैदेशिक रोजगारीका लागि बहराइन पुगेर फर्किएको पाइएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले बताए। बहराइनबाट नेपाल फर्किएपछि परिवारकै सदस्यको संलग्नतामा उनको हत्या भएको पाइएको बताइएको छ।

सिग्देलको हत्यामा संलग्न एक महिलासहित दुई जनालाई प्रहरीले सोमबार राति पक्राउ गरेको छ। पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन। स्रोतका अनुसार अनुसार हत्यामा संलग्न एक जना मृतककी कान्छी श्रीमती हुन्। तर, प्रहरीले पुष्टि गर्न बाँकी छ।

सिग्देलको हत्या मोरङमा गरेर शरीर टुक्रा बनाई धरानमा फालिएको प्रहरीको आशंका छ। प्रहरीले यसअघि शव फेला परेको ४ दिनसम्म पनि पहिचान खुल्न नसकेपछि स्केच फोटो सार्वजनिक गरेको थियो ।

प्रकाशित: Feb 22, 2022| 11:09 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।