शुक्रबार, कात्तिक २, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस कैलाली अधिवेशन : संस्थापन पक्षका सात उम्मेदवार, उपयुक्त दाउ हेर्दै कोइराला पक्ष

Siddartha premir insuranceSiddartha premir insurance

कांग्रेस कैलाली अधिवेशन : संस्थापन पक्षका सात उम्मेदवार, उपयुक्त दाउ हेर्दै कोइराला पक्ष

कैलालीमा नेताहरू आन्तरिक छलफलमा व्यस्त छन्। १३ फागुनमा हुने भनिएको अधिवेशन पछिल्लो पटक १५ फागुनका लागि तोकिएको छ। जिल्लामा सभापतिसहित विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी घोषणा गरिरहेका छन्।
 |  सोमबार, फागुन ९, २०७८
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

सोमबार, फागुन ९, २०७८

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन गत मंसिर अन्तिम साता भइसके पनि त्यसअघि नै हुनुपर्ने जिल्ला अधिवेशन केही जिल्लामा हुन बाँकी नै छ। बाँकी रहेका १६ वटा जिल्लाको अधिवेशन यही फागुन १३ र १६ गतेका लागि तय भएको छ।  

triton college

मिति तय भएसँगै अधिवेशन हुने जिल्लाहरुमा राजनीतिक माहोला तातिएको छ। सुदूरपश्चिम प्रदेशको कैलालीमा पनि नेताहरू आन्तरिक छलफलमा व्यस्त छन्। १३ फागुनमा हुने भनिएको अधिवेशन पछिल्लो पटक १५ फागुनका लागि तोकिएको छ। जिल्लामा सभापतिसहित विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी घोषणा गरिरहेका छन्।

जिल्ला सभापतिका लागि कार्यवाहक सभापति प्रकाश बमले पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरिसकेका छन्। उनले पार्टीलाई जनतामाझ लोकप्रिय बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्। उनी नेपाली कांग्रेस कैलालीका पुराना नेता हुन्। उनले जिल्ला कार्यसमितिमा विभिन्न पदमा बसेर १५ वर्ष काम गरिसकेका छन्।

अहिले कार्यवाहक सभापति रहेका बमले आफू नै अहिले स्वाभाविक उम्मेदवार भएको बताएका छन्। नेपाल समयसँग कुरा गर्दै बमले आफू निर्वाचनका लागि पूर्ण तयार रहेको सुनाए। ‘म जिल्लाको सिनियर लिडर हुँ। त्यसैले सबैले यसपटक मलाई सहयोग गर्नेछन् भन्ने मैले विश्वास लिएको छु। सबैको स्वीकार्य व्यक्ति भएकाले मैले टिकट पाउँदा जिल्ला निर्विवाद बन्छ। आउँदै गरेको स्थानीय तहको निर्वाचनमा पनि हामी थप बलियो बनेर अगाडि बढ्ने छौं,’ उनले भने।

सहमति नभएको खण्डमा पनि लोकतान्त्रिक पार्टीभित्र लोकतान्त्रिक प्रक्रिया हुने र त्यो आफूलाई स्वीकार्य हुने उनले बताए। जिल्ला नेतृत्वका लागि हालसम्म केन्द्रको कुनै दबाब नरहेको उनले दाबी गरे।

Metro Mart
vianet

बमसहित कांग्रेस कैलाली जिल्ला सभापतिका लागि हालसम्म सात जना आकांक्षी देखिएका छन्। तीमध्ये भीम बडुवालले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्। बम र बडुवालसँगै संस्थापन (शेरबहादुर देउवा) पक्षबाट नारायणदत्त भट्ट, खेमराज चौधरी, गणेश देउवा र नवराज रावल आकांक्षी छन्। अन्यले भने औपचारिक रूपमा घोषणा गरेका छैनन्।

कैलालीमा संस्थापन पक्ष बलियो छ। अहिले देउवा पक्षबाट ६ जना आकांक्षी देखिएकोमा संस्थापन इतर पक्षले भने एक जना उम्मेदवार उठाउने तयारी गरेको छ।

जिल्ला सभापतिका दाबेदार भीम बडुवालले पार्टीलाई एकताबद्ध बनाउने र आगामी निर्वाचनमा कैलालीका प्रत्येक स्थानीय तहमा दुई तिहाइ बहुमत पुर्‍याउने आफ्नो एजेन्डा रहेको बताएका छन्। ‘कांग्रेसलाई आउने निर्वाचनमा दुई तिहाइ दिनका लागि मेरो उम्मेदवारी हो। मैले कार्यकर्ताको शीर झुक्न दिनेछैन। म कैलालीमा शीर ठाडो पार्ने कांग्रेस बनाउन चाहन्छु,’ उनले भने। उनले आफूले प्रत्येक प्रतिनिधिलाई भेटेको र सबैको चाहना कैलाली कांग्रेसमा वैचारिक विमर्श गर्न सक्ने नेताको खाँचो रहेको औंल्याएको बताए। त्यसका लागि आफू योग्य उम्मेदवार रहेको बडुवालको भनाइ छ।

‘अहिले पार्टीमा वैचारिक बहसको खाँचो छ। प्रतिस्पर्धीसँग लड्न सक्ने, विचार विमर्श गर्न सक्ने नेताको खाँचो छ। राजनीतिक अध्यनशिलताको खाँचो छ। मेरो जितले कैलाली कांग्रेसमा त्यो खाडल पुरिने छ,’ उनले भने। उनले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले स्वस्थ प्रतिस्पर्धाबाट आफूले कैलालीको नेतृत्व चाहेको बताएकाले आफूहरूको दाबेदार रहेको बताएका छन्।

जिल्ला सभापतिका लागि शेखर कोइराला पक्षले भने कसलाई सभापतिको उम्मेदवार बनाउने भनेर टुंगो लगाउन सकेको छैन। उसले संस्थापन पक्षको असन्तुष्टिलाई मध्यनजर गर्दै असन्तुष्ट पक्षसमेतलाई मिलाएर एक जना उम्मेदवार उठाउने तयारी गरेको बताइएको छ। जिल्ला उपसभापतिमा लोकराज पाण्डे, प्रकाश देउवा, रामप्रसाद चौधरी र तेजशंकर भट्टले पनि इच्छा देखाएका छन्। सचिव पदका लागि भने नृप सुनार, केशव मिश्र, कृष्ण पाण्डे, थर्कबहादुर शाह, देवानन्द जैसी र अमृत बिसीले दाबी गरिरहेका छन्। 

अन्य पदमा पनि उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ।

प्रकाशित: Feb 21, 2022| 18:18 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...