काठमाडौं– अमेरिकी सहायता परियोजना एमसीसी संसद्मा पेश हुने भएपछि आइतबार दिनभरजसो नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो।
एमसीसीविरुद्ध विगतदेखि नै प्रदर्शन गर्दै आएका पार्टीहरुले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठकलाई लक्षित गर्दै प्रदर्शन गरेका थिए। आन्दोलनकारीले प्रहरी घेरा तोड्न खोजेपछि तनाव उत्पन्न भएको थियो।
प्रहरीलाई पेल्दै आन्दोलनकारी संसद् भवनको मूल गेटतिर अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको थियो। आन्दालेलन नियन्त्रण गर्न प्रहरीको पानीको फोहरा र अश्रु ग्यास प्रयोग गरेको हो।
आन्दोलनका क्रममा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित थुप्रै घाइते भएका छन्।