काठमाडौं- नयाँ बानेश्वर ठूलो संख्यामा प्रदर्शनकारीले एमसीसीविरुद्ध नाराबाजी गरिरहेका छन्। जसले गर्दा नयाँ बानेश्वरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ।
आन्दोलनकारीले निषेधित क्षेत्र तोड्दै एमसीसी चाहिँदैन, देश बेच्न पाइदैनलगायत नारा लगाइरहेका छन्। उनीहरूलाई तित्तरवित्तर पार्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको छ।












