बुधबार, असार ३१, २०८३

उपराष्ट्रपति महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता हुने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–उपराष्ट्रपति महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा यहि साउन ७ देखि १७ गते सम्म हुने भएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने उक्त प्रतियोगितामा पाँच टिमको सहभागीता रहने एन्फाले प्रेस विज्ञाप्तिमा जनाएको छ ।
 
प्रतियोगितामा एपिएफ महिन्द्रा महिला फुटबल टिम, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, काठमाडौं डिएफए र रौतहट डिएफएको सहभागिता रहनेछ । काठमाडौं डिएफए र रौटहट डिएफए मकवानपुर र रौतहटमा भएइको उपराष्ट्रिपति कप राष्ट्रिय महिला फुटबल क्वालिफायर प्रतियोगिताबाट छनोट भएर सहभागिता जनाएका हुन ।

उद्घाटन खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बिच दिनको १ बजे हुनेछ भने दोस्रो खेल काठमाडौं डिएफए र रौटहट डिएफएबिच तीन बजे हुने छ । प्रतियोगिताले आउने साफका लागि फाइदा पुग्नेछ । 

प्रतियोगिता राउण्ड रोविनको आधारमा हुनेछ । एन्फाले सहभागि सम्पुर्ण टिमलाई तयारि स्वरुप ५० हजार दिने जनाएकोछ । कुल ५० लाखको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको विजेताले टिमले २ लाख प्राप्त गर्ने छन् भने उपविजेताले एक लाख प्राप्त गर्नेछ । 

त्यस्तै उकृष्ट खेलाडी र प्रशिक्षकले समान १० हजार प्राप्त गर्दा प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार नगद प्रदान गरिने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।