बुधबार, भदौ ३, २०८३

एमसीसीमा सहमति जुटाउन गठबन्धन निर्णायक बैठकमा

अमेरिकी सहायता परियोजना एमसीसी संसद् बैठकमा टेबुल गर्ने विषयमा निर्णय सत्ता गठबन्धनको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं– अमेरिकी सहायता परियोजना एमसीसी संसद् बैठकमा टेबुल गर्ने विषयमा निर्णय सत्ता गठबन्धनको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो। 

गठबन्धनको बैठक बस्नुअघि गठबन्धनमा रहेका तीन दलले छुट्टै छलफल गरेका थिए। नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वरमा तीन दलको बैठक बसेको हो। नेपाल निवासमा नेकपा माओवादी केन्द्र, नेकपा (एस) र जनता समाजवादी पार्टीका नेताहरुले छलफल गरेका छन्। छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, जसपाका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष अशोक राई तथा एकीकृत समाजवादीबाट अध्यक्ष नेपाल माधव नेपाल र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायत सहभागी थिए।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ भने त्यसअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको छ।

लामो वादविवादपछि सत्ता गठबन्धनका दलहरू एमसीसी प्रतिनिधिसभामा टेबुल गर्न तयार भएका हुन्। नेकपा एकीकृत समाजवादीले हिजै एमसीसी टेबल हुन दिनुपर्ने निर्णय गरेको थियो। यद्यपि, पार्टीभित्र यसबारे एकमत भने छैन।

यथास्थितिमा एमसीसी अगाडि बढाउनै नहुने अडानमा रहेको नेकपा माओवादी पनि लचिलो बनेपछि गठबन्धनमा सहमति जुटेको हो। पाँच दलीय गठबन्धनमध्ये चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा भने एमसीसीको विपक्षर्म छ।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले ११ बजे कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन्। उक्त बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्ने बताइएको छ। 

गठबन्धनको बैठक भने बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।

प्रकाशित: Feb 20, 2022| 10:44 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...