मंगलबार, भदौ २, २०८३

एमसीसीविरुद्ध आज पनि ६ बामपन्थी दल आन्दोलनमा

एमसीसीको विरुद्धमा आज पनि ६ बामपन्थी दल सडक आन्दोलन गर्ने भएका छन्।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं- एमसीसीको विरुद्धमा आज पनि ६ बामपन्थी दल सडक आन्दोलन गर्ने भएका छन्। संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित ६ राजनीतिक दल एमसीसीविरुद्धको सडक गर्ने भएका हुन्।

चित्रबहादुर केसी नेतृत्वको राजमो नेपालसहित मोहन बैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना बामपन्थी दलले एमसीसीविरुद्धको आन्दोलनलाई थप सशक्त बनाउने जनाएका छन्।

उनीहरूले एमसीसीको विरुद्धमा माइतिघर मण्डलाबाट विरोध प्रदर्शनसहित नयाँ वानेश्वरस्थित संसद भवन घेराउ गर्ने कार्यक्रम गर्दै आएका छन्। यसका साथै उनीहरूले देशव्यापी रूपमा सवै जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेका छन्। 

सोही कार्यक्रमअन्तर्गत आज उनीहरूले देशैभरविरोध प्रदर्शन गर्ने भएका हुन्।   

प्रकाशित: Feb 20, 2022| 09:46 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...