सोमबार, पुस १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पारिवारिक रिसइबी साँध्न अबोध दाजुबहिनीको अपहरण, भारत लैजाने योजना विफल

Siddartha premir insuranceSiddartha premir insurance

पारिवारिक रिसइबी साँध्न अबोध दाजुबहिनीको अपहरण, भारत लैजाने योजना विफल

आफ्नै फूपाजूले भदाभदैनीलाई अपहरण गर्न सक्छन्? धेरैलाई पत्यार नलाग्ला। तर, रुपन्देहीमा भयो यस्तै घटना।
 |  शनिबार, फागुन ७, २०७८
nespernesper

विनोद परियार

विनोद परियार

शनिबार, फागुन ७, २०७८

ntc landingntc landing

बुटवल- आफ्नै फूपाजूले भदाभदैनीलाई अपहरण गर्न सक्छन्? धेरैलाई पत्यार नलाग्ला। तर, रुपन्देहीमा भयो यस्तै घटना। 

himalayan bank box

फागुन ५ गते सदाजस्तै  सैनामैना नगरपालिका वडा–६ दुधराक्षस्थित घरबाट १२ वर्षीय प्रसिद्ध दाहाल र उनकी बहिनी ९ वर्षीया प्रसन्न दाहाल विद्यालयतर्फ लाग्छन्। बिहान करिब ९:३० बजे बुद्धनगरस्थित प्रभात बोर्डिङ स्कुलको लु १ ख ६५८६ नम्बरको बसमा उनीहरू चढ्छन्। उनीहरू गाढी चढ्ने ठाउँमा नै पुगेका थिए सैनामैना-५ का खेमबहादुर पौडेल। ३५ वर्षीय पौडेल प्रसिद्ध र प्रसन्नका फुपाजु पर्छन्। 

कति बेला प्रसिद्ध र प्रसन्न विद्यालयको गाडी चढछन् भनेर पर्खेर बसेका खेमले उनीहरूलाई नदेख्ने कुरा भएन। 

नातेदार भएकाले प्रसिद्ध र प्रसन्न नजिक थिए नै। जब गाडी विद्यालय नजिक पुग्छ, पौडेलले फोटो खिच्न भन्दै प्रसिद्ध र प्रसन्नलाई गाडीबाट झार्छन्। चिनेजानेको आफन्त भएकाले विद्यालयका गाडी चालकले समेत केही भनेनन्। गाडीका चालक सहचालकले पनि फोटो खिचेर विद्यालय लगिदेलान् भन्ने विश्वासमा परे। 

तर उनीहरूलाई पुनः विद्यालयतर्फ पठाउँदैनन् खेमले।  ललाईफकाई गर्दै दुवैलाई बुटवलतर्फ लैजान्छन्। फोटो खिच्ने भन्दै दुई जनालाई झारेपछि खेमबहादुरले बालबालिकालाई बुटवल हुँदै पूर्व लैजाने निधो गर्छन्। खुमबहादुरले निजको भाई गुप्त बहादुर पौडेललाई करिब साढे १२ बजेको समयमा बुटवलको नेपालगंज रोडमा सुटकेस दिन्छन्। त्यसपछि पौडेल ब्रिफकेस लिएर ट्राफिक चोक हुँदै पूर्वतर्फ लाग्छन् दुवै जना बालबालिकालाई लिएर।

vianet

खेमबहादुरले बालबालिकालाई अपहरण गरी भारत लैजाने योजना बनाउँछन्। यसका लागि उनले पूर्वको रुट तय गरेका थिए। यस क्रममा उनी झापाको विर्तामोडसम्म पुग्न सफल भएका पनि थिए। 

उता बिहीबार बिहान विद्यालय हिँडेका दाजुबहिनी घर नफर्किएपछि घरमा खोजी सुरु भयो। प्रसिद्ध र प्रसन्नकी आमा पुष्पाले प्रहरीमा बालबालिका खोजिदिन आग्रह गरिन्। प्रहरीले खोजी तीव्र पार्‍यो।  घटनास्थल वरपरका सीसीटीभी र सम्भावित नम्बरमा फोन गर्न थाल्छ प्रहरी। पौडेलको मोबाइल भने ५ गते दिउँसोदेखि नै स्विच अफ थियो। 

यद्यपि प्रहरीले केही क्लु भने फेला पार्न सफल हुन्छ।

 बुटवलबाट विर्तामोड जाने टिकट बुटवल बसपार्कबाट काटेको पत्ता लाग्यो। यस पश्चात बालबालिकाको अवस्था पत्ता लगाउने चरणमा पुग्छ प्रहरी। 

त्यसपछि ६ गते ईलाका प्रहरी कार्यालय अनारमनी, झापाको सहयोगमा बिर्तामोड बसपार्कबाट खेम बहादुर पौडेल पक्राउ पर्छन्। दुवै बालबालिकाको सकुशल उद्धार गर्न प्रहरी सफल हुन्छ। अपहरण गरी भारत लैजाने क्रममा प्रहरीले  झापाबाट पौडेललाई पक्राउ परेका हुन्।

किन गरे अपहरण?

खेमले अपहरण गर्नुको कारण चाहिँ पारिवारिक रिसईबी भएको प्रहरीले बताएको छ। केहीदिन अघि खेमका श्रीमानश्रीमतीबीच झगडा भएको थियो। झगडा हुँदा पुष्पाले खेमकी श्रीमतीको पक्ष लिएकी थिइन्। पुष्पाले श्रीमतीको पक्ष लिएको खेमलाई चित्त बुझेको थिएन। यही रिसईबी साँध्नका लागि खेमले पुष्पाका छोराछोरीको अपहरण गरेको 

रुपन्देही प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

शनिबार पत्रकार सम्मेलन गरी अपहरणमा संलग्न पौडेललाई सार्वजनिक गर्दै अपहरण तथा शरीर बन्धकमा मुद्दा चलाउनका लागि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 

'पारिवारिक दुश्मनीका कारण पौडेलले अपहरण गरेको देखिन्छ,' रुपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले भने, 'पौडेलले श्रीमतीसँगको झगडाका विषयलाई लिएर केही दिनअघि आफूलाई थुनाएको भन्दै बालबालिकाकाका अभिभावकसँग दुश्मनी साँधेको प्रारभ्मिक अनुसन्धानबाट खुलेको छ। त्यही दुश्मनीको सिकार अबोध बालबालिकालाई बनाएको देखिएको छ।'  यद्यपि यो प्रारम्भिक अनुसन्धान भएकाले थप अनुसन्धानपछि प्रष्ट हुने उनले बताए। 

प्रहरीले शनिबार उद्धार गरेर ल्याएपछि बालबालिकालाई अभिभावकको जिम्मा लगाएको छ। 

प्रकाशित: Feb 19, 2022| 20:56 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।