बुधबार, भदौ ३, २०८३

अमेरिका एमालेलाई फकाउँदैछ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वामपन्थी पार्टीहरुकै मिलेमतोमा अमेरिकी सहयोग परियोजना (एमसीसी) पास हुने खतरा रहेको बताएका छन्।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

बुटवल- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वामपन्थी पार्टीहरुकै मिलेमतोमा अमेरिकी सहयोग परियोजना (एमसीसी) पास हुने खतरा रहेको बताएका छन्। शनिबार बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले एमसीसी पारित गर्नका लागि अमेरिकाले आफ्नो शक्ति प्रयोग गरिरहेको बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवा र केपी ओलीलाई मिलाएर एमसीसी पास गराउन अमेरिका लागि परेको बताए।

एमसीसी पास गराउनका लागि अहिले अमेरिकाले एमालेलाई फकाईरहेको उनको दावी छ। ‘एमसीसी पास गराउने विषयमा अमेकिराले राष्ट्रिय जनमोर्चासँग आशै गरेको छैन, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट आश मरेपछि अमेरिका एमालेको पछि लागेको छ’ उनले भने।

एमसीसीले देशमा विदेशी हस्तक्षेप झनै बढ्ने बताए। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले अमेरिकी जाजुस नेपाल आएर नेपालीलाई फकाइरहेको दाबी गर्दै सत्ता चलाउनेहरु बिकिसकेको दावी गरे।  सत्ता चलाउनेहरुको असक्षताका कारण नेपालमा विदेशी हस्तक्षेप बढेको उनको भनाइ थियो। 

प्रकाशित: Feb 19, 2022| 19:27 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...