मंगलबार, भदौ २, २०८३

एमसीसी सदनमा टेबल गरेर त्यहीबाट फैसला गर्नुपर्छ : एनपी साउद

नेपाली कांग्रेसका नेता एनपी साउदले अमेरिकी सहयोग परियोजनासम्बन्धी सम्झौता एमसीसीलाई सदनमा लगेर त्यहीबाट फैसला गर्नुपर्ने बताएका छन्।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले अमेरिकी सहयोग परियोजनासम्बन्धी सम्झौता एमसीसीलाई सदनमा लगेर त्यहीबाट फैसला गर्नुपर्ने बताएका छन्। 

गृहजिल्ला कञ्‍चनपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेत साउदले एमसीसीलाई सदन लगेर अनुमोदन गर्नुपर्ने बताएका छन्। उनले भने, 'लोकतन्त्रमा सरकारले अघि बढाएका प्रस्तावहरु संसद्‌‌मा लैजान भन्‍न पाइन्छ? सभामुखज्यू, सदनमा टेबल गर्नुस त्यँही फैसला हुन्छ।' 

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो कार्यकालमा हस्ताक्षर गरेको र त्यसमा कुनै राष्ट्रघाती बुँदा नभएकोसमेत बताएका छन्। उनले थपे, 'अहिले पढेलेखेकाहरुले यसको विरोध गरेका छैनन्।'

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेका कारण तयारीमा जुट्न पनि कार्यकर्तालाई निर्देशन दिएका छन्। 

प्रकाशित: Feb 19, 2022| 18:18 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...