मंगलबार, भदौ २, २०८३

२४ घण्टामा ३५० कोरोना संक्रमित थपिए, चार जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप ३५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमणबाट थप चार जनाले ज्यान गुमाएका छन्।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा थप ३५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमणबाट थप चार जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार ९६ जनाको परीक्षण गर्दा उक्त संख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको सङ्ख्या नौ लाख ७५ हजार ३३० पुगेको छ।

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३८ हजार ५६४ रहेको छ। पछिल्लो समय एक हजार २७२ जना संक्रमणमुक्त भएका छन्। यससँगै भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५० हजार ५६ पुगेको छ। यो दर ९६ दशमलव चार प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ। 

चार जनाको मृत्यु 

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९१७ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप चार जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। कोरोना सङ्क्रमणबाट हुने मृत्युदर १.२ प्रतिशत रहेको छ। 

त्यसैगरी पछिल्लो समय सात लाख ६९ हजार ५७६ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ३५७ रहेको छ। अहिले होमआइसोलेशनमा १२ हजार ८२८ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेशनमा ५२९, आइसीयूमा १४२ र भेन्टिलेटरमा १७ जनाले उपचार गराइरहेका छन्। 

प्रकाशित: Feb 19, 2022| 18:01 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...