अनुवादका सन्दर्भमा जेनिफर क्रफ्टको प्रस्ट मान्यता छ, कृतिको गातामै अनुवादकको नाम हुनैपर्छ। उनी स्पस्टसाथ भन्छिन्, ‘आफूले पढिरहेका शब्दको चयन कसले गर्यो, सुरुमै थाहा पाउने हक पाठकलाई छ।’ त्यसैले अनुवादकको नाम गातामा राख्न नमान्ने प्रकाशकसँग जेनिफर काम नै गर्दिनन्।
जेनिफरले नोबल पुरस्कार बिजेता पोल्यान्डकी साहित्यकार ओल्गा तुकारचुकको उपन्यास 'फ्लाइट'को अनुवाद गरेकी छिन्। यो कृतिको अनुवादपछि उनको कामले थप चर्चा पायो। फ्लाइट अनुवादका निम्ति उनले सन् २०१८ मा बुकर इन्टरनेसनल प्राइज हात पारिन्।
फ्लाइटको अनुवाद जेनिफरका निम्ति सन्तान जत्तिकै प्यारो छ। ‘नि:सन्देह यो कृति ओल्गाको हो। मैले मेरो शैली प्रयोग गरेर सम्पूर्ण तागत समर्पण गरेकी छु। त्यसैले मलाई यो अनुवाद सन्तान जत्तिकै प्यारो छ।’
जेनिफरको निम्ति यो अनुवाद फगत श्रम मात्रै थिएन, प्रेम थियो। आफ्नो प्रेमलाई संसार समक्ष चिनाउनका निम्ति उनलाई एक दशक लाग्यो। एक दशकसम्म यो अनुवाद प्रकाशन गर्न उनी असमर्थ भइन्। अन्ततः सन् २०१७ मा बेलायतको फिचकराल्डो इडिसनले उनको अनुवाद प्रकाशित गर्यो भने सन् २०१८ मा अमेरिकाको रिभरसेडले पनि छाप्ने निर्णय गर्यो। यो अनुवादले ओल्गाको फ्लाइटलाई संसारभरका दर्शकसामु मात्रै परिचित गराएन, जेनिफरलाई समेत उत्कृष्ट अनुवादकका रुपमा परिचित गरायो।
फ्लाइटको अनुवादले जेनिफरलाई विश्वसामु चिनाएपनि उनी एक विषयले स्तब्ध छिन्। वर्षौंको मिहेनत र दशक लगाएर प्रकाशित भएको अनुवाद संस्करणको गातामा उनकै नाम छुट्यो। त्यसपछि नै हो जेनिफरले कठोर निर्णय लिएको, गातामा नाम आए अनुवाद गर्ने नभए नगर्ने।
आफ्नो निर्णयबारे जेनिफरको ट्विट छ, ‘अब उपरान्त गातामा मेरो नाम प्रकाशित हुने सर्तमा बाहेक म अनुवाद गर्ने छैन। अनुवादमा मेरो नाम प्रकाशित नहुँदा मेरो मात्रै अपमान भएको छैन। पाठकहरुलाई पनि असुविधा भएको छ। आफूले पढेका शब्दको चयन कसले गर्यो, यो जानकारी राख्ने अधिकार पाठकलाई छ।’
फ्लाइटको अनुवाद जेनिफरका निम्ति सन्तान जत्तिकै प्यारो छ। ‘नि:सन्देह यो कृति ओल्गाको हो। मैले मेरो शैली प्रयोग गरेर सम्पूर्ण तागत समर्पण गरेकी छु। त्यसैले मलाई यो अनुवाद सन्तान जत्तिकै प्यारो छ।’
उनको यो अभिव्यक्तिले विश्व साहित्यिक जगतकै ध्यान खिचेको छ। जेनिफर उपन्यासकार मार्क हडनले अनुवाद कृतिको गातामा अनुवादकको नामा राख्न प्रकाशकहरुलाई खुला पत्र नै लेखे। त्यसमा २६ सय लेखकको हस्ताक्षर समावेश थियो। हस्ताक्षर गर्नेहरुमा प्रख्यात लेखकहरु लरेन ग्रोफ, केत कितामुरा, फिलिप पुलम्यान, रोबिन मायर, जोन किन लगायत थिए। यो हस्ताक्षर अभियानपछि बेलायतका पन म्याकमिलन, इन्डिपिन्डेन्ट युरोपियन प्रेसले अनुवादकको नाम गातामै राख्न थाले।
जेनिफरको पछिल्लो अनुवाद कृति पनि ओल्गाकै ‘द बुक्स अफ ज्याकोब’ हो। नौ सय पृष्ठको यो उपन्यास १८औँ शताब्दीका नेता ज्याकोब फ्र्याङकबारे छ। उपान्यासको विषयवस्तु नेताको डायरी, कविता र केही भविष्यवाणीबारे छ। यस कृतिको अनुवादमा जेनिफरको कौशलबारे समीक्षकहरुले राम्रै प्रशंसा गरेका छन्। समीक्षकहरुको नजरमा जेनिफरको अनुवाद कला अद्भुत छ। ओल्गाको बृहत् कृतीमा जेनिफरको फुर्तिलो अनुवाद अनुकरणीय र प्रशंसनीय रहेको उनीहरुको भनाइ छ। न्युर्योक टाइम्समा आफ्नो समीक्षमा वाट गार्नर लेख्छन्, ‘निकै संवेदनशील भएर अनुवाद गर्ने जेनिफर, लेखकको भावनालाई दुरुस्तै उतार्छिन्। हास्यरसमा पनि उनको उत्तिकै दख्खल छ।’
‘द बुक्स अफ ज्याकोब’मा जेनिफरको नाम गातामै उल्लेख छ। ओल्गा र उनी स्वयंको अनुरोधमा प्रकाशक रिभरसेडले जेनिफरको नाम लेखेको हो। प्राय अनुवादकले आफ्नो पारिश्रमिकबाहेक केही पाउँदैनन्। ‘फ्लाइट’को अनुवादका लागि जेनिफर पारिश्रमिक मात्रै पाएकी थिइन्। ‘द बुक्स अफ ज्याकोब’को अनुवादका लागि भने उनले रोयल्टी पनि पाउनेछिन्। जेनिफरको अनुवाद कलाबारे आल्गाले भनेकी छिन्, ‘साहित्यिक दृष्टिकोणले उनको प्रतिभा अविश्वसनीय छ।’
ओल्गा उनको प्रशंसामा यत्तिमा मात्रै सीमित छैनन्। ‘जेनिफर भाषाको गहिरो सन्देश अनुवादमा उतार्छिन्। लेखकको अभिप्राय दुरुस्तै उतार्ने उनको क्षमता छ,’ जेनिफरको अनुवाद कौशलबारे उनी भन्छिन्।
अनुवादका निम्ति विशेष कला आवश्यक छ। अनुवादका लागि चार्तुयता र कल्पनाशीलता अपरिहार्य छँदैछ, पाठकलाई मौलिक रुपमा सामाग्री दिने क्षमता अनिवार्य छ ।
जेनिफरको प्रशंसामा ओल्गा अझै अघाएकी छैनन्। ‘शब्द र पंङ्क्ति मात्रै होइन, जेनिफरले लेखकको आवेग र संवेदनालाई पनि उसैगरी उतार्छिन्। लेखकको सबैपाटो जस्ताको त्यस्तै प्रस्तुत गर्नसक्ने उनको क्षमताको म ठूलो प्रशंकको हुँ।’
कृतिको गातामा अनुवादकको नाम छाप्ने मुद्दा जेनिफरका निम्ति फगत अभियान मात्रै थिएन। यसले पारदर्शितालाई मद्दत पुर्याउने उनको विश्वास थियो। यस्तै यसले पाठकहरुलाई अनुवादकको कामको मूल्यांकनको अवसर दिने उनी बताउँछिन्। अनुवाद रचनात्मक र कलात्मक विषय भएको भन्दै जेनिफर भन्छिन्, ‘अनुवाद प्राविधिक विषय मात्रै होइन, यो कलात्मक पनि हो। निश्चय पनि हामीले हाम्रो मेहनतको श्रेय पाप्त गर्नेपर्छ तर बिर्सन नहुने पक्ष भनेको हामीले हाम्रो कामको जिम्मेवारी पनि लिनै पर्छ।’
जेनिफरको यो अभियानपछि अन्य लेखकले पनि यसलाई महत्व दिएका छन्। इटालियन भाषाका कृति अनुवाद गर्ने झुम्पा लहिरीले अनुवादकको नाम गातामै समावेश गर्ने मानक अभ्यास स्थापित गर्नेपर्ने मत राख्छिन्। यो अभ्यासले अनुवादकलाई अधिकार सम्पन्न व्यक्तिका रुपमा स्थापित गर्ने उनको बुझाइ छ।‘
अनुवादका निम्ति विशेष कला आवश्यक छ। अनुवादका लागि चार्तुयता र कल्पनाशीलता अपरिहार्य छँदैछ, पाठकलाई मौलिक रुपमा सामाग्री दिने क्षमता अनिवार्य छ । यस्तो क्षमता भएका व्यक्तिको अधिकार स्थापित गर्न यो अभियानमा सबैले साथ दिनैपर्छ,’ लहिरीको मत छ।
‘केही प्रकाशकहरुले मसँग काम नगर्लान् तर अनुवादकलाई गर्ने व्यवहार र अनुवादलाई हेर्ने दृष्टिकोण बदल्न भने म सफल हुनेछु। मेरो लागि सफलता र खुशी नै यही हुनेछ।'
अनुवादित साहित्य अमेरिकी बजारको एक सानो हिस्सा हो। एलेना फेरान्टे, हारुकी मुराकामी र कार्ल ओभका अनुवादित कृतीले ठूलै सफलता प्राप्त गरेपनि धेरै प्रकाशकहरुले अमेरिकीहरुले अनुवादित कृतीमा त्यति विश्वास नराख्ने मान्यता राख्छन्। ‘विगतमा प्रकाशकहरु भन्थे- अनुवादित साहित्य भन्ने थाहा पाउनासाथ अमेरिकीहरू त्यो पुस्तकलाई बेवास्ता गर्थे,’ अनुवादक एन गोल्डस्टिन भन्छन्।
यही विश्वासका कारण अनुवाद साहित्य प्रकाशनको संख्या घट्दो छ। सन् २०१० मा ९ हजार साहित्यिक कृति अंग्रेजी भाषामा अनुवाद भएका थिए। सन् २०२१ मा ४ सय १३ अनुवादित कृति सार्वजनिक भएको तथ्यांक छ। यीमध्ये पनि थोरैको गातामा मात्रै अनुवादकको नाम उल्लेख छ। ठूला प्रकाशहरुले अनुवादकको नामा गातमा उल्लेख गर्ने नीति आफूहरुको नरहेको बताउने गरेका छन्। केही साना प्रकाशकहरुले मात्रै जेनिफरको अभियानलाई साथ दिन खोजिरहेका छन्।
४० वर्ष पुगेकी जेनिफर भने आफ्नो अभियानलाई अझै व्यापक बनाउने पक्षमा छिन्। जेनिफर स्पेनिस, पोलिस र रसियन भाषाका कृति अनुवादको तयारीमा छिन्। ट्युल्सा युनिभर्सिटीमा उनले रसियन साहित्य अध्ययन गरेकी थिइन्। लोवा युनभर्सिटीबाट उनले साहित्यिक अनुवादमा स्नातकोत्तर गरेकी थिइन्। पोलिस साहित्य भने उनले पछि अध्ययन गरेकी हुन्। सन् २००२ मा जेनिफरले ओल्गाको कथा संग्रह ‘प्लेयिङ मेनी ड्रम्स’ पढेकी थिइन्। त्यस कथासंग्रह उनलाई निकै रोमाञ्चित लागेको थियो। पछि उनले एन्टोनिया लोयडले अनुवाद गरेको ओल्गाको उपन्यास पढेकी थिइन् र एन्टोनियालाई इमेल गरेर ओल्गालाई भेट्न पाइन्।
सन् २००३ मा जेनिफर पोल्यान्ड पुगिन्। त्यहीँ उनले ओल्गाको ‘फ्लाइट’ अनुवाद गरेकी हुन्। ‘जब म ओल्गाका पुस्तकबारे सम्पादकहरुसँग कुरा राख्थेँ उनले नोबेल पुरस्कार पाउने दाबी गर्थेँ तर कसैले पनि मेरो कुरा पत्याउन तयार भएनन्। कालान्तरमा म सही भएँ,’ जेनिफर भन्छिन्।
ओल्गाका कृतिका साथै जेनिफरले बेलेटा ग्रेग, रोमानिया पउल लगायतका कृति पनि अनुवाद गरेकी थिइन्। अनुवादका लागि जेनिफर पुस्तक पढेर सक्छिन्। अनि सुरुमा फर्किछिन् र लेखकको भावनालाई सुरुदेखि अन्त्यसम्मै दुरुस्तै उतार्छिन्। जेनिफर शब्द-शब्दको उल्था होइन, लेखले अभिव्यक्त गरेको भावनालाई बढी ध्यान दिन्छिन्। आफ्नो अनुवाद कलाबारे जेनिफर भन्छिन्, ‘म एकसरो पढेर सबै कुरा भत्काउछु। अनि फेरि जगैदेखि पुनर्निर्माण गरेर सुन्दर बनाउने प्रयत्न गर्छु।’
अनुवाद नगर्दा जेनिफर आफ्नै कृतिमा व्यस्त हुन्छिन्। उनले स्पेनिस भाषामा आत्मवृतान्त तयार गरेकी छिन्। आगामी वर्षका निम्ति उनी तीन वटा नयाँ उपन्यास अनुवादमा व्यस्त छिन्। जेनिफरलाई कहिलेकाहीँ डर पनि लाग्छ, गातामा नाम राख्नुपर्ने शर्तले कतै अवसर त गुम्दैनन्। जति उनको मनमा डर छ, त्यो भन्दा बढी आफ्नो अभियानप्रति दृढता पनि छ। ‘केही प्रकाशकहरुले मसँग काम नगर्लान् तर अनुवादकलाई गर्ने व्यवहार र अनुवादलाई हेर्ने दृष्टिकोण बदल्न भने म सफल हुनेछु। मेरो लागि सफलता र खुशी नै यही हुनेछ।'