एजेन्सी-ब्राजिल तथा चेल्सीका मिडफिल्डर विङ्गर विलियनलाई भित्राउन बार्सिलोनाले आफ्नो तेस्रो प्रयास गर्ने भएको छ । तेस्रो पटकको प्रयासमा उनका लागि बार्सिलोनाले ५५ मिलियन युरो प्रस्ताव गर्ने बताइएको छ ।
गत साता बार्सिलोनाले ब्राजिलियन विलियनका लागि ५३ मिलियन युरो प्रस्ताव गरेको थियो । दुई क्लबका प्रतिनिधिबीच उनका विषयमा छलफल भइरहेको बताइएको छ । सञ्चारमाध्यमका अनुसार ला लिगा च्याम्पियनले तीन महिना अघि विलियन लिन पहिलो पटक प्रयास गरेको थियो ।
प्रिमियर लिग प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडले पनि मेमा उनका लागि प्रस्ताव गरेको थियो । विलियन आफै पनि एन्टोनियो कोन्टे प्रशिक्षक रहँदा क्लब छाड्ने मनस्थितिमा रहेका थिए ।
यद्दपी अहिले टोलीमा मारिजो सारी नयाँ प्रशिक्षकका रुपमा चेल्सी पुगेका छन् । गत सिजन चेल्सीको उत्कृष्ट खेलाडी बनेका विलियनले युनाइटेडविरुद्धको फाइनलमा टोलीका लागि एक मात्र निर्णायक गोल गरेका थिए ।
गत सिजन बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिगको अन्तिम १६ मा एक मात्र गोल पनि विलियनले गरेका थिए । सन् २०१३ मा रसियन क्लबबाट चेल्सी पुगेयता २ सय ३६ खेल खेल्ने क्रममा उनले ४४ गोल गरिसकेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४