मंगलबार, भदौ २, २०८३

पानीमुनि गएपनि गठबन्धनलाई छाड्दैनौँ : केपी ओली

अध्यक्ष ओलीले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा गएकाहरुलाई एमालेमै फर्कन आह्वान गरेका थिए। प्रचण्ड र नेपालले झुक्याएर पार्टीको सदस्यता दिएकाहरुलाई पार्टीमा आउन र राष्ट्र निर्माणको अभियानमा सहभागी हुन ओलीको आग्रह छ।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई पानीमुनि गएपनि आफ्नो पार्टीले नछाड्ने चेतावनी दिएका छन्। शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सरकारको आयु बढीमा एक वर्षमात्रै भएको समेत बताएका थिए।

‘अब एक वर्षभित्र चुनाव हुनैपर्छ। बच्ला कहाँ पानीमुनि गएपनि यो स्वार्थी गठबन्धन। यो कहाँ बच्छ? बच्न सक्दैन। त्यसकारण अब त बढिमा एक वर्ष हो यिनको आयू। संसारभरिका ज्योतिषीलाई एकै ठाउँमा राखेर सोध्यो भने पनि त्यही भन्छ– बढीमा एक वर्ष हो यो सरकारको आयू,' ओलीले भने। 

अध्यक्ष ओलीले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा गएकाहरुलाई एमालेमै फर्कन आह्वान गरेका थिए। प्रचण्ड र नेपालले झुक्याएर पार्टीको सदस्यता दिएकाहरुलाई पार्टीमा आउन र राष्ट्र निर्माणको अभियानमा सहभागी हुन ओलीको आग्रह छ। 

अध्यक्ष ओलीले निर्वाचनमा सरकारले प्रशासनको दुरुपयोग गरे त्यसको प्रतिवाद गरेर अघि बढ्न आफ्नो पार्टी सक्षम रहेको दाबीसमेत गरेका थिए। निर्वाचनमा जनताको मतलाई खोस्न नदिने गरी अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत ओलीले दिएका थिए। 

प्रकाशित: Feb 19, 2022| 16:06 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...