मंगलबार, भदौ २, २०८३

एमसीसी संसद्‌मा टेबल गर्न दिने एकीकृत समाजवादीको निर्णय

सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले अमेरिकी अनुदान सहयतासम्बन्धी सम्झौता एमसीसीलाई संसद्‌मा टेबल गर्न दिने दिने निर्णय गरेको छ ।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

काठमाडौं- सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले अमेरिकी अनुदान सहयतासम्बन्धी सम्झौता एमसीसीलाई संसद्‌मा टेबल गर्न दिने दिने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादीको शनिबार बसेको स्थायी कमिटी बैठकले यथास्थितीमा पारित गर्न नसकिने तर संसद्‌मा छलफलका लागि टेबल गर्न दिने निर्णय गरेको प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।

एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनबीच नै खटपट भएपछि एकीकृत समाजवादीले गठबन्धन जोगाउनका लागि उक्त निर्णय गरेको हो। यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी संसद्‌मा टेबल गर्न नदिने अडान लिएका थिए।

तर, प्रधानमन्त्री देउवाले जएमसीसी अगाडि बढाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवाद सुरु गरेपछि एकीकृत समाजवादी लचक बनेको हो। 

प्रकाशित: Feb 19, 2022| 15:54 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...