काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक नेतृत्वको अदूरदर्शीताका कारण नेपाल बाह्य शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थल बन्दै गएको धारणा राखेका छन्।
अहिले विश्व महाशक्तिहरूको चेपुवामा नेपाल परेको नेता थापाको धारणा छ। ‘छिमेकी चीनलाई चिढाउनु हुँदैन। अमेरिकालाई बिच्काउनु पनि हुँदैन। दुवै मु्लुकलाई विश्वासमा लिएर एमसीसी कार्यान्वयनका लागि कूटनीतिक पहल गर्नु आवश्यक छ,’ उनले लेखेका छन्।