बुधबार, भदौ ३, २०८३

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

बैठकबाट एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाइने नेताहरूले बताएका छन्।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

काठमाडौं- सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक आह्वान गरेको छ। अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न एकीकृत समाजवादीले स्थायी कमिटी बैठक आह्वान गरेको जनाएको हो।

बैठकबाट एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाइने नेताहरूले बताएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल एमसीसी जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुने अडानमा छन्। यहीबीच पार्टीले उक्त विषयमा आधिकारिक धारणा तय गर्ने भएको छ।

महासचिव डा. वेदुराम भुसालले स्थायी कमिटीको बैठकमा समसामयिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधिलगायत विषयमा समेत छलफल हुने बताएका छन्।

प्रकाशित: Feb 19, 2022| 07:49 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...