काठमाडौं- नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका विषयमा भइरहेको विवादमा छिमेकी देश चीन पनि जोडिएको छ। चीनले अमेरिकाको धम्कीपूर्ण कूटनीतिको विरोध गर्ने बताएको हो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीनले धम्कीपूर्ण कूटनीतिको विरोध गर्ने बताएका हुन्। शुक्रबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो उल्लेख गरेका हुन्।
‘चीन नेपालको आर्थिक विकास र नेपालीको जीवनस्तर उकास्न अन्तर्राष्ट्रिय समुदायले सहकार्य गर्ने कुराको स्वागत गर्छ,’ उनले भनेका छन्, 'तर धम्कीपूर्ण कूटनीतिको विरोध गर्छ।'
उता नेपालस्थित अमेरिकी दूतावासले भने एमसीसीको विरोधका नाममा हिंसात्मक गतिविधि स्वीकार्य नहुने बताएको छ।