बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भने- प्रणालीको समीक्षा गर्नुपर्छ

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भने- प्रणालीको समीक्षा गर्नुपर्छ

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक प्रणालीको समीक्षा गर्नु तयार हुनुपर्ने बताएका छन्।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं- प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक प्रणालीको समीक्षा गर्नु तयार हुनुपर्ने बताएका छन्। राष्ट्रिय एकता संकटमा परेको र जनतामा निराशा छाएको भन्दै पूर्वराजा शाहले प्रणालीको समीक्षा गर्नुपर्ने उल्लेख गरेका हुन्। 

'प्रजातन्त्रको नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पुर्‍याएको र जनतालाई निराशाको दहमा डुबाउँदै लगेको महसुस हुँदै आएको छ,' ज्ञानेन्द्रले भनेका छन्, 'यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तन योग्य छ भन्ने बारेमा समीक्षा गर्न अब हामी सबै नेपाली तयार हुनुपर्दछ।'

तर नेपालमा पछिल्लो समय बढ्‍दो विदेशी प्रभावमा प्रजातन्त्र चलेकोसमेत शाहको संकेत छ। 'अरुले ओढाई दिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन। जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन,' सन्देशमा भनिएको छ, 'आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र होइन।'

प्रकाशित: Feb 18, 2022| 20:07 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...