बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अमेरिकी दूतावासले भन्यो- एमसीसीलाई लिएर हिंसा भड्काउने कार्य स्वीकार्य हुँदैन

अमेरिकी दूतावासले भन्यो- एमसीसीलाई लिएर हिंसा भड्काउने कार्य स्वीकार्य हुँदैन

नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी)लाई लिएर हिंसा भड्काउने कार्य स्वीकार्य नहुने बताएको छ।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं- नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी)लाई लिएर हिंसा भड्काउने कार्य स्वीकार्य नहुने बताएको छ।

दूतावासको आधिकारिक फेसबुक पेजमार्फत् शुक्रबार अपराह्न अमेरिकाले एमसीसीका विषयलाई लिएर हिंसा वा हिंसा भड्काउने किसिमका कार्य स्वीकार्य नहुने बताएको हो। एमसीसीलाई लिएर नेपालभर सडक प्रदर्शन भइरहेका बेला अमेरिकाको यस्तो धारणा आएको हो। 

अमेरिका वाक्स्वतन्त्रता र तथ्यमा आधारिक खुला बहसको समर्थक रहेको र एमसीसीको विषयमा पनि सोही धारणा रहेको भन्दै उसले हिंसा भड्काउने विचार स्वीकार्य नहुने अमेरिकी दूतावासको दाबी छ। 

‘हामी वाक् स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं। एमसीसीको विषयमा पनि हाम्रो धारणा त्यही हो। आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ। तर, हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्,’ काठमाडौंस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमा लेखिएको छ।

प्रकाशित: Feb 18, 2022| 17:45 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...