बुधबार, असार ३१, २०८३

शारीरिक सुगठन तथा फिटनेस संघका उपाध्यक्ष प्रधानको राजिनामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका उपाध्यक्ष एवं नेपालकै पहिलो शारीरिक सुगठन संस्था नेपाल व्यायाम मन्दिरका अध्यक्षसमेत रहेका नारायण प्रधानले आफ्नो उपाध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

क्लबको विधानबमोजिम क्लबका अध्यक्ष अन्य संस्थाको कार्यकारी पदमा रहन नसक्ने भएका कारण नेपाल शारीरिक सुगठनको उपाध्यक्ष पदमा रहिरहन असमर्थ रहेकाले पदबाट राजिनामा दिएको  पत्रमा उल्लेख गरिएको छ । 

नेपालको पहिलो शारीरिक सुगठन संस्था नेपाल व्यायाम मन्दिरले सबैलाई समान रूपले स्थान प्रदान गर्दै नेपालमा शारीरिक सुगठनका खेलाडी उत्पादन र खेलको विकास गर्ने उद्देश्यले स्थापित संस्था रहेकाले कुनै पनि संघमा बसिरहनु आफ्नो नैतिकताले नदिएका कारण पदबाट राजीनामा दिएको बताएका छन् ।

प्रधानको राजिनामा संघले स्वीकृत गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।