काठमाडौं– प्रतिनिधिसभाको बैठक दुई दिनलाई स्थगित भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक फागुन ८ गते आइतबार दिउँसो १ बजेका लागि बोलाएका छन्।
आजको बैठकमा पनि एमालेले नाराबाजी जारी राखेको थियो। सभामुखले आजको बैठकको कारबाही प्रारम्भ हुन्छ भन्नेबित्तिकै एमालेका सांसदहरुले बेल घेराउ गरेर नाराबाजी सुरु गरेका थिए।
एमालेले गत भदौदेखि लगातार संसद् अवरुद्ध गर्दै आएको छ।