शुक्रबार, असोज २, २०८३

'बाप्पे मेस्सी र रोनाल्डो भन्दा पनि उत्कृष्ट !'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी-चेल्सिका २३ बर्षीय मिडफिल्डर टेइमोइ बाकायोकोले फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार खेलाडी केलियन बाप्पेलाई विश्वको सर्वश्रेष्ठ खेलाडी बताएका छन् । 

फ्रान्सलाई विश्वकप ट्रफी दिलाउन महत्वपुर्ण भुमिका खेलेका बाप्पे अरुभन्दा राम्रो खेल्नेसमेत बताएका छन् । बाप्पेले युवा खेलाडीको उपाधि जित्दा फाइनल खेलमा क्रोएसिया विरुद्ध एक गोल गरेका थिए । 

फ्रान्सले १९९८ पछि दोस्रो पटक विश्वकपको ट्रफी जित्दा उनी हिरो भएका थिए । बाप्पे ब्राजिलियन पुर्वफुटबल स्टार पेले पछि विश्वपमा गोल गर्ने पहिलो युवा खेलाडी बने । उनी केहि बर्षमै हावी हुने अनुमान समेत गरिएको छ । 

उनको पुर्वमोनाको सहकर्मी  बाकायोकोले बाप्पे लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो भन्दा पनि उत्कृष्ट खेलाडीको महसुस गरेको बताएका छन् । 'म उनको सफलतामा आश्चर्यचकित छैन किनभने उनी जवान भएपनि परिपक्को छन्' बाकायोकोले भने । 

'उनी धेरै बुद्धिमानी खेलाडी हुन र म उनको विशेषतासँग सोच्दछुकी विश्वकै उत्कृष्ट खेलाडी हुन,' उनलेल थपे 'नबिर्सनुस की उनी एक जवान खेलाडी हुन र बृद्ध खेलाडीविरुद्ध नखेलाउनुस् किनकी उनी मैदान सबैभन्दा छिटो डौडिन्छन् ।'

त्यस्तै फ्रान्सका डिफेन्डर राफेल भरानेले बाप्पेलाई दिइएको निर्देशनहरु पहिलानै बुझि सक्ने भएकाले उनलाई 'एलियन' को रुपमा वर्णन गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।