काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) आज बस्दैछ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज दिउँसो दुई बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका छन्।
यसअघि सोमबार सर्वोच्चका सबै न्यायाधीशबीच भएको अनौपचारिक छलफलपछि पूर्ण बैठक राख्ने निर्णय भएको थियो। आजको बैठकको मुख्य एजेण्डा न्यायालय सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयन रहेको बताइएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लागेपछि सर्वोच्चमा वरिष्ठतम न्यायाधीशका हैसियतले दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका छन्।