काठमाडौं- कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद भवन नयाँ बानेश्वस्थित शंकर हलमा बैठक सुरु भएको हो।
तर, समितिको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बहिष्कार गरेको छ। पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्नि सापकोटाले पदमुक्त नगरेकाले बैठक बहिष्कार गरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
एमसीसी र संसदमा पेश गर्ने एजेण्डाका विषयमा बैठक केन्द्रित छ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नहुने भएको छ। आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आज एमसीसी टेबल नगर्ने सहमति जुटेको हो।