बुधबार, असार ३१, २०८३

एसियाडमा भरत नखेल्ने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-राष्ट्रिय फुटबल टिमका फरवाडर भरत खवास एसियाली खेलकुदमा नखेल्ने पक्का भएको छ । ग्रोइन इन्जुरीका कारण भरत फिट नभएपछि एसियाड नखेल्ने पक्का भएको हो । एसियाली खेलकुदका लागि २३ वर्षमाथिबाट छानिएका तीन खेलाडी मध्येका भरत खवास एक हुन् । 

उनीसँगै २३ बर्षमाथिबाट टोलीमा राष्ट्रिय टोलीका सदस्य रहेका गोलकिपर किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्दलाई समावेश गरिएको थियो । अब भरतको स्थानमा राष्ट्रिय टोलीका अर्का नियमित सदस्य विशाल राईले खेल्ने प्रशिक्षक ग्योतोकी कोजुले जानकारी दिए । 

यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २० सदस्यीय २३ वर्षमुनिको टोली घोषणा गरिसकेको छ । १८ औं एसियाली खेलकुद इन्डोनेसियसाको जाकार्तामा भदौको पहिलो साताबाट शुरु हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।