बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिरामी भेट्न अस्पताल पुगेका युवायुवती लागुऔषधसहित पक्राउ

बिरामी भेट्न अस्पताल पुगेका युवायुवती लागुऔषधसहित पक्राउ

अस्पतालमा बिरामी भेट्न गएका युवायुवती लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्।
 |  शुक्रबार, साउन २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०७८

धनगढी- अस्पतालमा बिरामी भेट्न गएका युवायुवती लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्।

कैलालीको गोदावरी नगरपालिकाका २२ वर्षीय रमेश बिसी र २६ वर्षीया चन्दा विसी पक्राउ परेको प्रहरीले जनाएको छ। 

उनीहरुलाई धनगढीस्थित माया मेट्रो अस्पतालबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। बिरामी भेट्न अस्पताल पुगेका उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा ४ सय मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला परेको प्रहरी उपरीक्षक अधिकारीले बताए। 

उनीहरुलाई अस्थायी प्रहरी पोष्ट चटकपुरको टोलीले पक्राउ गरेको हो। पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: Aug 06, 2021| 15:34 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।