बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

शान्तिलार्इ साडीको दाम सोधेपछि...(भिडियो)

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
नायिका शान्ति सापकोटालाई एक गाँठवालाले प्रश्न गर्छन्, ‘तिमि कति हजारको साडी लाउँछ्यौ ? बैंकभरी मेरो पैसा छ ।’ साडीको सिजन अझ भनौँ तीजको सिजनमा गाँठवालाको प्रश्नले शान्ति मख्ख हुन्छिन् । 

उनै शान्ति हुन्, जसले यसअघि केही चलचित्र, थुप्रै टेलिचलचित्र, गीतहरुमा आफ्नो नायिकाको छबि बनाएकी छिन् । उनै शान्ति हुन् जसले थुप्रै तीज गीतहरुबाट आफ्नो गायिकाको छबिसमेत बनाएकी छन् ।

हो उनै शान्तिलाई यसपटकको तीजमा कसैले अफर गरेको छ साडीको । साडीको अफर गर्ने व्यक्ति पनि गायकै हुन्, विजय तिखातरी ।

सन्दर्भ तीजकै हो । हरेक वर्षको तीजमा नयाँ प्रस्तुती ल्याएर आफूलाई गायिकाको रुपमा अब्बल बनाएकी शान्तिले विजयसँगको सहकार्यमा यसपटकको तीजलाई पनि सुगन्धित पार्ने प्रयास गरेकी छन्, तिमी ब्युटीफुल तीज गितबाट । 

भिडियो हेर्नुहोस्


नवलपरासी क्षेत्रमा कलाकारका रुपमा राम्रो छवी बनाइसकेकी शान्तिले केही वर्षअधि दर्जनौं सडक नाटक, टेलीसिरियल लगायत अभिनयको क्षेत्रमा राम्रो छाप छोडिकी छिन् । 

त्यसैगरी तीज गीत मोही माग्ने किनहो ढुङ्ग्रो लुकाउने, मुटु नै हल्लियो लगायत अन्य गीतमा राम्रो अभिनय गदै आएकी शान्ति सापकोटाले केही वर्ष अघि नै भोजपुरी फिल्म् र नेपाली कथानक चलचित्र नशा एक लत् मा पनी उनले प्रमुख नायिकाको भुमिका प्रस्तुत गरेर ख्याती कमाएकी छन् । 

गत वर्ष पनि आफनै स्वरमा ‘मलाई नाच्न मन लाग्यो’ नामक तीज गीत बजारमा ल्याईकी थिइन् । त्यसो त सो गीतमा स्वर दिएका गायक विजय पनि चल्तिका गायक हुन् । लामो समयदेखि गीत संगीतदेखि निर्देशनमा व्यस्त रहेका विजयको सुमधुर स्वरले यो गीतलाई अझ लोकप्रिय बनाउनेमा कुनै शंका छैन ।

शान्ति र विजयको स्वर रहेको उक्त गितमा लय/शब्द सुशिल बोहराको छ । गायक विजयकै निर्देशनमा तयार भएको उक्त गितमा शान्ति सापकोटा र ध्रुव हिमालीले अभिनय गरेका छन् । गीतको म्युजिक भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन भने रञ्जुला फिल्मस् प्रा.लि ले बजार व्यवस्थापन गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्