बुधबार, भदौ ३, २०८३

कांग्रेसका १६ जिल्लाको अधिवेशन १५ फागुनमा हुने

नेपाली कांग्रेसले १६ वटा जिल्लाको अधिवेशन १५ फागुनमा गर्ने भएको छ।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

काठमाडौं– नेपाली कांग्रेसले १६ वटा जिल्लाको अधिवेशन १५ फागुनमा गर्ने भएको छ।

गत मंसिरमै केन्द्रीय महाधिवेशन भए पनि धेरै निर्वाचन क्षेत्र र तराईका ठूला जिल्लाकै जिल्ला अधिवेशन भने अहिलेसम्म भएको छैन। निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार प्राविधिक कारणवश अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय भएको छ।

प्रदेश २ का सबै सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको अधिवेशन भएको छैन। त्यसैगरी सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलालीको पनि जिल्ला अधिवेशन हुन बाँकी छ।



प्रकाशित: Feb 17, 2022| 14:28 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...